गोठमा बाँधिराखेको खसी चोर्ने एक प्रक्राउ

सप्तरी, नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ।स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार यादवले चोरी गरेका ती खसी र बोकालाई सिरहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेका थिए। प्रहरीले खसी खरिदकर्तालाई समेत पक्राउ गरेको जनाएको छ।