छाउगोठ भत्काउनु भन्दा पहिला छाउ मानसिकता भत्काइयोस

यतिबेला छाउगोठ भत्काउने सरकारी अभियानले चर्चा पाएको छ । अझत सरकार प्रहरी प्रशासन लगायर दुर्गम बस्तीका छाउगोठ दिनानुदिन भत्काइरहेकोछ । मलाई लागिरहेको छ छाउगोठ भत्काउने अभियानले एकखालको तरङ्ग ल्याएको छ नै । तर, के छाउ गोठ भत्काउँदैमा अब महिनावारी भएकी महिला घरभित्रै बस्न पाउँछन् त ? वा उनीहरु आफै पनि गोठ छोडेर घरभित्र बस्न सक्ने छन् त ? गम्भीर रूपमा यो सवाल उठिरहेको  छ ।

हुनत यो पल म शहरको पल्लो पट्टी एउटा घरको छतमा उभिएर सोचिरहेछु । यतिका बर्ष यिनै छाउगोठका नाममा बनेका सरकारी गैरसरकारी संस्थाले के गरे होलान ? छाउगोठ र छाउपडिकै निम्ती करोडौँ रकम खर्चिएको सरकारको त्यो अभियान कहाँ पुर्याएर बिर्सजन गर्यो होला ? छाउगोठकै नाममा काठमाडौँका ठुलाठुला तारे होटलहरुमा बसेका सेमिनार गोष्ठीहरुको उपलब्धी के रहयो होला ? के छाउगोठ भत्काउँदैमा छाउपडी कुप्रथाको अन्त्य हुन्छ त ? भन्ने प्रश्नले मनमा काउकुति पैदा गरेको छ । प्रश्न स्वभाविक छ, किनभने यसअघि पनि छाउगोठ पटक पटक नभत्काइएका होइनन ।आखिर खै त छाउपडी प्रथा हटेको ?

मलाई अच्चम लागेको छ । युगौयुगदेखिका मानसिकता  छाउगोठसंगै भत्किदैछन । संभव होला त ? 

धेरै जसो सुरक्षाकर्मि युवायुवती सरकारको सहभागीतामा भत्काउदै हिडेका छन । यो झट हेर्दा गजबको दृश्य लागिरहेछ । गोठ भत्काउनु भन्दा पहिला मानशिकतामा भएको खोट भत्काउनु पर्छ कि पर्दैन ? सवाल जब्बर बनेर उठिरहेको छ ।

हुनत छाउपडी प्रथालाई पहिलोपटक ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ ले फौजदारी अपराध भनेको छ । छाउपडी बस्न बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था ऐनमा छ ।

गोठ त भत्किए तर चेतना भने जस्ताको तस्तै भए यो अभियान बालुवामा हालेको पानी सरह हुने निश्चित छ । सामाज पुर्ण अध्यात्ममा छ । अन्धबिश्वासको माखे जालोले नराम्रररी जेलेको छ । अन्धविश्वासमा हुर्कियका समाजमा मान्छे जस्ताका त्यस्तै छन । महिनावारीलाई अपराधका रुपमा बुझने चेतनामा रथी परिबर्तन आएको छैन ।

अथवा छुईलाई अपराधको रुपमा हेर्ने गर्दछन । यति मात्रै कहाँ होर पुरुषबादी सामाजमा महिलाहरुलाई पुरुषको खुट्टाको जुत्ता जस्तै बुझने परम्परा छ । बजारमा सजायर राखेका खेलौना जस्तै ठान्नै प्रबृति पनि छ । यो तमाम बिषयमा सरकारले या सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

लिंगका अधारमा भेदभाव गर्न पाईदैन हक अधिकार समान हुनपर्छ भनेर कानुन बोल्छ तर समाजमा त्यो कुराको बोधत्व हुदैन । महिलालाई द्रोसो दर्जाको रुपमा हेर्ने आँखामा चश्माम लागाउन बाँकी नै छ ।
मलाई लाग्छ सयनुसार छाउपडि प्रथा अन्त गर्न विभिन्न ठाउमा छाउगोठ भत्कियका छन तर मन भने पट्क्कै भत्कियका छैनन । महिलामाथि हुने हिंसा जन्य घटना महिलाको स्वास्थ शारिरिक अबस्थाको मध्यनजर गरि छाउगोठ भत्काइयका छन तर पनि छुई अथवा रजस्वला प्रति हेर्ने नजर परिवर्तन भएको छैन ।

मान्छेले मान्छेलाई कुल्चने हाम्रो समाजमा तिव्र रुपमा अघि बढेको छ । यो बैज्ञानिक सत्यता भन्नपर्छ छाउपडि पर्था उन्मुलन गर्न आफु परिवर्तन हुन जरुरी छ । तसर्थ सरकारले अभियान सन्चालन गरेको छाउपढि गोठ भत्काउने स्वभाबिक सवाल हो । आज २१ औँ शताब्दिको यस दुनियाँमा पनि महिलामा हुने रजस्वलालाई कसैसग नछुने छुट्टै गाईभैसिको गोठमा बस्ने बस्नुपर्ने बाध्यता अहिलेसम्म पनि रहिरहनु बिडम्बना नै मान्नु पर्दछ । 

सुचना र प्रिबिधिको बिकासले दुनिया अर्को सामाजको बिकासको चरणमा छ । जीवन यापन सुख सुबिधा अन्य सवालमा थोरै मेहेनतमा धेरै लाभ कसरी लिने भन्य सोचिरहेको छ । आज देशमा संघियतामा छ तीन तहका सरकार छन तर पनि हाम्रो सोचाई र बुझाई बिगतकै छ ।

बिगतका सोचाई बुझाईबाट माथि उठ्न जरुरि छ । समग्र चेतनस्तर नउठाई अहिले भत्काईयका गोठले मात्रै मन भत्किन अबस्था देखिदैन । त्यसैले व्यापक रुपमा जनचेतना जोगाउदै छाउगोठ भत्काउन जरुरि छ । छाउगोठ भत्काउने तर मानसिक्तामा भत्कियन भने ओडार र घरको आगनमा ओत लागेर बस्ने अबस्था आउने निश्चित छ । त्यसको परिणमबारे पनि ध्यान जान जरुरी छ ।