संघियताको परिचयमा अल्मलिएको म र मेरो समृद्धिको यात्रा

समिक्षा

कहिलेकाँही देशको बिषयमा सोच्दा निक्कै ताजुव लागेर आउँछ । बर्षायामको कर्णाली बनेर उर्लिएको जोस जाँगर पनि क्षणभरमै खहरेमा परिणत हुन्छन । सोच्छु निरास हुन लक्ष्मणको जिवन डायरीमा लेखेको छैन । अनि काममा आरन लगाउँछु । सरकार र विभिन्न सरोकारवालाको हालसम्मका नीति, कार्यक्रम र प्रगतिको विश्लेशण गर्दा समृद्धि महाअभियानका सारथिहरू अन्योलमा रहेको भान हुन्छ । हुन त कतै म पनि चुकेको हुनसक्छु । यसो त जनताका अगाडि चुकेको भनेर भन्न पाउने छुट छैन मलाई जसरी पनि सममृद्धिको अभियान सफल पार्नु नै छ ।

देश नेपाल शिशु स्याहर अबस्थामा ब्यस्त रहेकि आमा जस्तै गणतन्त्रलाई स्यारसुसारमा ब्यस्त रहेको अनुभुती हुन्छ । लामो संकटपछि जन्माएको यो गणतन्त्र छैटिपछि मंलेरिको ब्याख्या एक थियो त न्वारनपछि ज्वतिसको ब्याख्या एक रहदै आएएको थियोे । मन्टेश्वरिमा भर्ना हुदा गुरु आमा अनि मन्टेश्वरि परिवारले चालचलन र आनिबानि अनुरसार आफ्नै ब्याख्या अनुसारको नामाकरण गरिरहेका छन ।

आमुल परिवर्तनको एजेन्डा बोकेर आएको यो शिशुलाई शितिज पारिको किरण बनेर थुप्रै चुनौति झेल्नुपरेको छ । मौसम प्रतिकुलताले किरण छेकिएका छन । त कतै यहि समयमा सुर्यचन्द्र र पृथ्वी एउटै रेखामा परेर ग्रहणको सामान गर्नु परेको छ । हाम्रो परम्परा अनुसार छैटिमा कोरिएको कर्म रेखाले भबिस्य निर्धारित गर्ने गदर्छ । न्वारनमा जोतिसिले तयार गरेको कर्मकान्डले यात्रा सहज सरल बनाउछ । भबिष्य राम्रो बनाउछ अनि केही बाँकि उसको मेहनतले पनि भबिष्यलाई उज्वल बनाउछ भन्ने सुनेका थियौँ । त्यसैले सामाजिक परम्परा ,जोतिष शास्त्र र शिशुको स्वभाव जन्य कृयाकलापमा बिस्वास राख्दै अघि बढिरहेछौ ।

मैले बिस्वास गर्ने माक्र्सवादलाई आदर्स ठान्दै ,बिज्ञानलाई किताब मानेर , सामाजिक परम्परालाई फिल्टर भित्र राखेर दैनिकि चलाइरहेको छु । यसो लाग्छ यो मेरो दैनिकी जस्तै आम नेपाली युवाहरुको दैनिकी हो । यहाँ शिशु अबस्थामा रहेको गणतन्त्रको भ्रुण बिकाशमा लागेको दस बर्षको त्यो अथक त्याग तपस्या र संघर्ष , १९ दिन लामो प्रस्वबपिडाको छट्पटी अनि छैटि र न्वारानमा दुइपटकको पारिबारिकमा परेको समस्या र जिम्मेवारीपछि तयार भएको जन्म कुन्डलिको अबलोकन र सहभागिता हुदा यस प्रतिको बुझाइ ,आशा र अपेक्षामा कुनै कसुर राखेको थिएन ।

मैले बुझेको गणतन्त्र र आज भोगेको र देखिरहृको साथैहरुले व्याख्या गर्दाको गणतन्त्र फरक देखिरहेकोले म र मेरो यात्रा बिच बाटोमै अल्मलिएको छ यात्रा सुचारु र सरल बाटोको खोजि गरिरहेको छु । 

किनकि यहाँ ४ तले शुबिधा सम्म्पन्न महल निर्माण भएको छ । ७५३ गुणस्तरीय कोठा सजिएका छन । त्यी कोठा पाँच बर्षसम्म भाडामा दिएर निर्माता ढुक्कसँग दैनिकि गुजार्ने ठाउँमा छन । कोठा कोठामा सौचालय छन ,प्रत्यक कोठामा आफ्नै भान्साको ब्यबस्थापन गरिएको छ । तातो चिसो पानिको लाईन जोडिएको छ ,फरकफरक पासपोर्टमा चल्ने इन्टरनेट छ,आफ्नै सुईच थिचेर बत्ती बाल्ने ब्यबस्था छ । आगनमा पार्किङको बन्दोबस्त मिलाएको छ।
सबै कोठामा टेलिभिजनको ब्यबस्था छ । सबैले टेलिफोन गर्न लाईन जोडिएको छ र यो ब्यबस्थापनले हामिमा एक उर्जा थपेको र आशा पलाएको थियो र हामिले सबैलाई आशा बाँडेका थियौँ ।

किनकि स्वरुपमा हामी बस्ने महल परिपक्वता देखिन्छ तर समाचार सुन्दा टेलिभिजनले झ्यारझ्यार गरिरहन्छ ,ईन्टरनेटले फन्को मारि रहन्छ ,तातोपानी खोज्दा पावरले काम गरि रहेको छैन । बिद्धुतिकरणमा संचित छ्यामता नहुनुले मैनबत्तिको साहारा अनिवार्य भएको छ । ग्यासको अभाबमा गागो बाल्न महलको सजावटले संकट पैदा गरेको छ । भौगोलिक कठिनाईले खानेपानिसँग साप्ताहिक भेटघाट हुन्छ र सौचालय प्रयोग र सरफाईमा चुनौति देखिएको छ । टेलिकमले प्रबिधिको दुनियाँलाई दोस दिदै भेटघाटमा मन्दता देखाएको छ ।

समस्या समाधान खोज्दा श्रोत एउटै भएकोले श्रोत प्रणालिले सहजै एउटाले चाहे सामाधान असम्भब देखिन्छ । सामाधान पछि दौडिदा प्रकृयाले मालिक खोज्छ र मालिक लाई सुबिधा भन्दा भाडामा मात्र चिन्तित भएकोले भाडा कबुलको समयमा भेट हुनेछ र त्यो समय छ बर्ष सकिने समयको मुखमा हुनेछ ।

आज हामी न अभिभाक हुनसकेका छौ न अभिभाबकको अनुभुती गर्न सकेका छौ । हामीमा अन्यौलताले जरा गाडेको छ । उधारणमा बिकाशका लागि बजेट कार्यन्वयन प्रकृयामा कहिले योजना माग ,कहिले बजेट माग , कहिले निकासा माग त कहिले कार्यन्वयन पद्धति र प्रकृया माग बजेट कार्यनयनको समय रेखा तोकेको छ ।

निकासा नभई सम्झौता गर्न मिल्दैन सम्झौता नभई काम अधि बढाउन मिल्दैन । माथिल्लो तहले घोषणा गरेको बजेट बाटोमा ९ मैना लगाउछ ठेक्का गर्न र सम्झौता गर्न दुई मैना लाग्छ बाँकि रहेको एक मैना भुक्तानी र प्रतिबेदनको काम कार्यन्वयन कहिले ? र प्रभाबकारिताको समय खै ?

दैनिकि हाम्रो यसै पछि मात्र भागाभाग मा चलिरहेको छ तलै पिच्छे चाल चलन र रहनसहन फरक छ । मैले बुझेको गणतन्त्र र आज भोगेको र देखिरहृको साथैहरुले व्याख्या गर्दाको गणतन्त्र फरक देखिरहेकोले म र मेरो यात्रा बिच बाटोमै अल्मलिएको छ यात्रा सुचारु र सरल बाटोको खोजि गरिरहेको छु । 

लेखक – कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष हुन ।