निति फेरियो,विधि फेरियो,समय फेरियो तर अनुहार फेरिएन !

नेपाललाई एकीकरण गरे तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले । बिसं १८२५ को समयमा हाम्रो देश नेपालमा बाईसे र चौविसे राज्यमा परिणत थियो । त्यसपछिका राजाले नि नेपाल एकीकरणको अभियानलाई तिब्रता दिदै पुर्वमा टिस्टा नदि त पश्चिममा कांकडा सम्मको विशाल नेपालमा परिणत गरे । तर दोस्रो यो कार्य जारी राख्दा एक थोपा पानी नपिएर नालापानी लडे वीर बलभद्र कुंवर, भक्ती थापा लगायतका नेपाली योद्धाले । नेपाल एकीकरणको संग्रामलाई निरन्तरता दिईरहदा विश्वमा दोस्रो विश्वयुद्ध भयो अंग्रेजले नेपालको पूरा भु-भाग सन १९५० को सन्धीबाट हडपेर लियो अन्त्यमा अंग्रेज आफै पतन भएर गयो ।

 

वि.सं १९०३ मा राजपरिवारको आपसी लडाई र मनमुटाबको फलस्वरूप जंगबहादुर राणाले कोतपर्व हत्याकाण्ड मच्चाई आफुलाई शक्तिशाली प्रधानमन्त्री बनाए । साथै सम्पुर्ण अधिकार आफू र आफ्नो भाईभारद्वारमा राख्ने काम गरे । राजा विना अधिकारको श्रीपेमा मात्र अधिकार हुने बनायो ।

१९०७-१९१० सम्म बेलायतको भ्रमण गरेर नेपालमा १९१० मा आफ्नो परिवारको लागि अंग्रेजी शिक्षा सुरुवात गरेका थिए । यही क्रम चलिरहेको समयमा देव शंशेर १९५७ मा प्रधानमन्त्री भए त्यस समयमा उपत्यका भित्र ५० र बाहिर १०० पाठशाला र ५० विद्यार्थी भएकोमा १ शिक्षकको व्यवस्था गरि जय पृथ्वी बहादुर सिहंले लेखेको अक्षराङक पुस्तक लागू गरे। उनी १०० दिन सम्म नि सत्तामा टिक्न सकेनन् ।

यस्तो हुदै जाँदा उनिहरुको रवाफ, त्रास र दम्भका कारण नेपाली जनतामा केही चेतना आयो र जुरमुराउन पुगे राजा त्रिभुवन पनि भारतमा शरण लिन गए आगो सल्किन लाग्यो। वि सं २००७ सालमा १०३ बर्ष सम्म राज्यसत्ता सन्चालन गरेको राणा समाप्त भयो ।

क्रम जारी थिए वि सं २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका नेता विपि कोइराला नेपालको प्रधानमन्त्री भए । तर तत्कालीन राजा महेन्द्रले नेपालको राज्यसत्ता आफ्नो हात्मा लिए र नेपालमा पन्चायतको घोषणा गरे । त्यसबेला बिपि, गणेशमान गिरिजा प्रशाद कोईराला, मनमोहन अधिकारी, मद्न भन्डारी, साहना प्रधान लगायतका नेताहरु जेलमा परे । २०३७ सालमा निर्द्ल र बहुदलको निर्वाचन भयो र निर्वाचनको परिणाम निर्द्लको पोल्टामा पर्यो । यहि क्रममा संगै नेपालिको चेतना ब्यापक परिवर्तन आयो र वि सं २०४६ सालमा राजा विरेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको घोषणा गरे ।

त्यसबेला पनि गणेशमान सिंह, गिरिजा प्रसाद कोईराला, कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारी, मद्न भन्डारी, शेर बहादुर देउवा लगायतका नेताहरु थिए । २०४८ सालमा नेपाली कांग्रेसले ११४ सिट ल्याई बहुमतको सरकार सन्चान गरेको थियो । त्यसबेला बाबुराम भट्टराई, कृष्ण बहादुर महरा लगायत गरी ९ सिटमा थियो तत्कालीन जनमोर्चा । आफ्नो भित्री कलहको कारण नेपाली कांग्रेसले २०५१ मा मद्यावधी चुनावको घोषणा गरी अल्पमत र तत्कालीन एमाले सरकारमा गयो । वृद्धभत्ताको योजना ल्यायो । २०५२ फागुन १ गते देखी तत्कालीन माअोवादीले ४० सुत्रिय मागराखी एकाएक जनयुद्धको घोषणा गर्यो ।

२०५४ को स्थानीय निर्वाचनमा एमालेले राम्रो पकड जमायो भने २०५६ मा फेरि नेपालि कांग्रेसले स्पष्ट बहुमत ल्यायो । त्यस समयमा पनि यिनीनै नेताहरु थिए । तर देशमा भएको द्वन्द्वले देशको अवस्था नाजुक भएको थियो । २०५८ सालमा राजा विरेन्द्रको वंशनास हुनेगरी दरवार हत्याकान्ड भयो ।

राजा ज्ञानेन्द्र राजा भए। त्यसको केही समय पछि उनले सम्पुर्ण दलहरूलाई प्रतिबन्ध लगाएर आफ्नो हातमा राज्यसत्ता लिए। पन्चायतका सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द लगायतका अनुहार प्रधानमन्त्रीमा देखीए । जब नेपालका तत्कालीन ७ राजनीतिक दल र तत्कालीन माओबादी बिच विस्तृत शान्ती सम्झौता भयो र त्यसैको बलमा २०६२/६३ को जनाआन्दोलन भयो।

नेपाल हिन्दु रास्ट्र्बाट धर्म निरपेक्ष देश भयो। राजपरिवारलाई नागार्जुन पठाईयो । २०६४ सालमा संविधान सभाको चुनाब भयो तर संविधान दिएन । फेरि संविधानसभाको दोस्रो चुनाव २०७० सालमा भयो । त्यसपछी नेपाली काग्रेशको नेतृत्वमा सरकार बनेपछि २०७२ असोज तत्कालीन प्रधानमन्त्री, सुशील कोईरालाले संविधान जारी गरे। देशमा नाकाबन्दी भयो।

यही समयको बीचमा नेपाली कांग्रेस दुई र एमाले दुई भयो र मिल्यो । तत्कालीन माओवादी ४ वटा भयो । राप्रपा तिन भागमा बांडियो । देशमा गणतन्त्र आयो । तर देशको पुर्व पश्चिम राजमार्ग उहीँ छ । मध्यपहाडी लोकमार्ग पूरा भएन । सिहंदरवार पुरानै राणाले बनाए । त्यसैमा नेपालको संघीय सरकारले काम गरेको छ । पुरानै सितल निवासलाई बरु रास्ट्रपति निवास बनाए । राजालाई नागार्जुन लखेटे । संघीय सांसदहरूको आफ्नो सभाहल छैन् । पुरानै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा काम चलाए । जुन भवनमा मैले २०६० सालमा द रेयुकाई नेपालको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएको थिए ।

नारायणहिटी राजदरबार संग्रहालय बनाए । एकताको देशमा जात, जाती भासा-भाषिमा परिणत गरे । पुर्व मेची देखि पश्चिम महाकाली सम्मको नेपाललाई ७ प्रदेशमा टुक्राटुक्रा बनाए । हिजो बैज्ञानिक रूपमा बनाएको हिमाल पहाड र तराई एवं ५ विकाश क्षेत्र, १४ अञ्चल र ७५ जिल्लाको हराम गराए । के नेपालमा परिवर्तन भयो ? के सिंहदरवारको आधिकार गाउँ गाउँ सम्म पुग्यो ? कर बढी बनाए ।

एउटा राजाले खाएको ठाउँमा ७५३ स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरी हजारौंले देशको ढुकुटी रित्याए। प्रत्येक नेपालीलाई जन्मिदै ४० हजार रिण थोपारे । भ्रष्टाचारले चरम भयो । अत्याचार मौलायो । बहुदलीय व्यवस्थामा दललाई प्रतिबन्ध लगाए तर हिजो आफू त्यही अवस्थाबाट आएको बिर्सिए । बांसबारी छालाजुता, चोभारको सिमेन्ट फ्याक्ट्री, चिनिमिल, ट्रली यातायात, साझा बस खोइ ? आज नेपाली भुमी लिपियाधुरा खोइ ? किन भारतले लियो ? आज एमसीसि सम्झौता किन आयो ? देशको अखन्डता खोइ ? सबै हराए ।

स्वर्गको देश नेपालको चारकोसे झाडी हरायो। किन ? आज मेलम्चीको पानी उपत्यकामा किन आएन ? सिक्टा सिचाई आयोजना आईपुग्दा जमिन खोइ ? । नेपालको ८४ हजार मेघावाटबाट विजुली उत्पादन गरि बेचेको खोइ ? अनि कुरा मात्र हो । दुरसन्चारमा व्यापक परिवर्तन ल्याउने महरा जेलमा । आज व्यवस्थापिका संसद किन अनिर्णयको बन्दी । देशको उच्च शिक्षा पर्दान गर्ने ७ वटा विश्वविद्यालयका उपकुलपति र पदाधिकारी खोइ ? किन हुन्छ यस्तो ।

आज देशले बिपिको समाजबाद, मदन भनडारिको जबज, सुशील कोइरालाको अडिगपन, शेर बहादुर देउवाको अरु संगको सम्झौता, प्रचण्डको प्रचण्ड पथ र नेत्र विक्रम चन्द विप्लवको आधुनिक बैज्ञानिक सामाजवादलाई नेपाली जनताले अध्ययन गर्न चाहेका छ्न । देशको मुहारमा परिवर्तन कसले ल्याउछ ? पन्चायत होस, बहुदलीय व्यवस्था होस, लोकतान्त्रिक गणतन्त्र होस जे होस व्यक्ति उहीँ, कार्यशैली उहीँ, प्रबृति उहीँ, जनताको दु:ख उहीँ बेरोजगारपन उहीँ, गरिबी उहीँ र विदेश पलायनको स्थिति उहीँ के आयो त्यही व्यक्ती मात्र, राज्यसत्ता बद्लिन्छ ।

पटकपटक प्रधानमन्त्री उही ब्यक्ति हुन्छ । अब नेपालाई विकसित नेपाल बनाउने हो भने युवाहरू विप्लव, विश्वप्रकाश, गगन थापा , कृष्ण सिटौला, शेखर, प्रदीप , गोकर्ण, जनार्दन, योगेश, रामदिप, हेमन्त प्रकाश वलि, ओम प्रकाश पुन, जस्ता नारायणमान बिजुक्छेका थुप्रै युवा नेताहरुको हातमा राज्यसत्ता सुम्पनु पर्द्छ । अनि मात्र देशले प्रगती गर्छ । नत्र कठै मेरो देशमा नीति बद्लियो, विधि बदलोयो, समय बद्लियो संविधान बदलियो र संसार बद्लियो तर अनुहार बद्लिन सकेन ।