नेता ढुंगानाको पहलमा खाद्यान्न बितरण

अछाम, सिचाइको अभापका कारण धान रोप्न नपाएर भोकमरीको समस्या खेपिरहका मंगलसेन नगरपालिका स्थानिय बासिलाई नेपाली काङग्रेश अछामका पाटी उपसभापति चन्द्र प्रसाद ढुंगानाको पहलमा अाज खाद्यान्न बितरण गरिएको छ ।आइतबार एक अौचारिक कार्यक्रमका बिच नगरपालिकाको वडा.न. १३ बस्तिका ८४ घर परिवारलाई एक-एक बोराको दरले चामल वितरण गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति एवम् महासमिति सदस्य पुष्प बहादुर शाह रहेका थिए । प्रमुख अतिथिको आसन बाट बोल्दै नेता शाहले प्रकोपको कारण भोकमरिको समस्यामा परेका स्थानीय बासिलाई थोरै भए पनि राहत बितरण गरिएको बताए । साथै उनले यो कार्यक्रमले स्थानीय सरकारको ध्यानाकर्षण हुनेमा आफू बिस्वस्त रहेकोे बताए ।

कार्यक्रममा बोल्दै उपसभापति ढुंगानाले पीडित हरुको समस्या स्थानीय सरकार लाई बारम्बार भन्दा पनि कुनै सुनुवाइ नगरेको बताए । नेपाली काङ्ग्रेसको जागरण अभियानको क्रममा नेपाली काङ्ग्रेसका नेता हरु वडा नम्बर १३ बस्तीमा पुगेपछि खडेरि परेका कारण सिचाइको अभाबले खेत रोप्न नसकेका त्यस ठाउँका जनताले आफ्नो समस्या बुझ्न् आग्रह गर्दा आफू त्यस ठाउँमा गएको र खेतमा बिउ रोप्ने अवस्थामा बिउ सुकेर फुलि सकेकाले भोकमरीको समस्या उत्पन्न हुने भन्दै स्थानीयहरुले आफुलाइ समस्याको समाधान गरिदिन आग्रह गरेको बताए ।

बारम्वार स्थानीय सरकारलाई गुहार्दा समेत स्थानीय सरकारले समस्याको सुनुवाइ नगरेको स्थानियकाे अाराेप छ । भोकमरी हुने समस्या आएको बेला थोरै भएपनि राहत उपलब्ध गराइ सहयोग गरेको भन्दै नेपाली काङ्ग्रेस अछामलाई स्थानीयले धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा काङ्ग्रेस नेता टक्कर बहादुर शाह, हिक्मत बोगटी, वडा अध्यक्ष प्रेम बहादुर थापा, नेपाल पत्रका महासंघ अछामका कार्यवाहक अध्यक्ष खम्म खत्री, नेपाल विद्यार्थी संघ अछामका सचिव बम बहादुर स्वार, नेपाल प्रेस युनियन अछामका अध्यक्ष टंक प्रसाद रिमाल, नेपाली काङ्ग्रेस मंगलसेन नगरकार्य समिति सदस्य नामसिंह धामी लगायतको उपस्थित रहेकोे थियो ।