थारु भाषाको चर्चित गित ‘जोरसे बजैबु मन्दरा’को छायाङकन सम्पन्न

नेपालगन्ज, जोरसे बजैबु मन्दरा तु नचहो लेहगा फारके भन्ने बोलको थारु म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ ।बारबर्दिया नगरपालिका १० सेमरहवा र वडा नं. ११ बेलभारमा उक्त गितको छायांकन सम्पन्न भएको हो ।

थारु समुदायको महान पर्ब माघिलाई लक्षित गरी सो म्युजिक भिडियोको छायाङकन गरिएको जनाएको छ ।
उक्त भिडियोमा सबै कलाकारहरु थारु पहिरनमा सजिएका छन् ।

उक्त म्युजिक भिडियोमा चर्चित मोडल विमल चौधरी, प्रमिला चौधरी, विकास थारु र लक्ष्मी चौधरीले मुख्य भुमिका खेलेका छन् । अडियो गित नै बजारमा चर्चा कमाएको जोरसे बजैबु मन्दराको म्युजिक भिडियो झनै तहल्का मच्चाउने कलाकारहरुको दावी छ ।

हमार म्युजिक पहुराबाट सार्वजनिक हुने जोरसे बजैबु मन्दराको छायाङकन सरोज डङगौराले गरेका छन् भने पोष्ट प्रोडुसन गोचाली मिडिया बर्दियाले गरेको छ । चर्चित गायीका बसन्ती चौधरी र दोसराम चौधरीले सो गितमा स्वर दिएका छन् ।