यस्तो देखिन्थ्यो हिँउले पोतिएको त्यो गुराँसे डाँडा (फोटो फिचर)

सुर्खेत,बिरेन्द्रनगर केहिदिनयताको मौसमी बदलीले दैलेख सुर्खेतको सीमावर्ती क्षेत्र रातानाङ्ला गुराँसेमा हिउँ परेको छ । गुराँसे रातानाङ्लामा हिउँ परेसंगै स्थानीय पर्यटक हिउँ खेल्न उक्त क्षेत्र पुग्ने गरेका छन ।

लगातारको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएपनि स्थानीय पर्यटनका लागि भने यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ ।  वर्षा र हिमपातले कृषक भने खुसी भएका छन्। वर्षात भएपछि सिचाई सुविधा नभएका स्थानमा सिचाई भएको छ । गहुँ जौ, केराउ, चना, मसुरो, आलुलगायतका हिउँदेबालीका लागि वर्षाले फाइदा पुग्ने कृषक बताउँछन्।

दैलेख सुर्खेतको सीमावर्ती क्षेत्र रातानाङ्ला, गुराँसेमा हिउँ परेपछि वीरेन्द्रनगरबाट थुप्रै युवायुवती हिउँ खेल्न गुराँसे पुगेका छन् ।