आज ए डिभिजन लिगमा दुई खेल हुने

काठमाडौं,शहीद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुँदैछ ।

पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल मध्यान्न १२ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजेका लागि तोकिएको छ ।प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले गोलरहित बराबरी खेलेका थिए ।