५२० आयोजनालाई अनुदान

चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् ।

चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् ।

छनोटमा परेका आयोजना तथा कार्यक्रमलाई बजेट दिन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरेको स्रोत बताउँछ । सिफारिसमा परेका आयोजना तथा कार्यक्रमको कुल लागत २३ अर्ब १८ करोड ३३ लाख रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार कुल लागतमध्ये संघीय सरकारले १० अर्ब ८३ करोड ७७ लाख रुपैयाँ र स्थानीय सरकारले ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ बजेट खर्च गर्नेछन् । यो समाचार आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छिन् ।