कालिज ब्यवसायमा युवाहरूको  बढदो आकर्षण

बिरेन्द्रनगर,सुर्खेत पछिल्लो चरणा कालिज ब्यवसायमा युवाहरुको आकर्षण बढेको छ । नयाँ ब्यवसायका रुपमा फस्टाएकाे कालिज पालन ब्यवसायमा युवाहरूकाे आकर्षण  बढेको हो । त्यस्तै  विरेन्द्रनगर नगरपालिका १४ वयलकाडा गढीमा मान्टवाईल फुड वाईड प्रा.लि.ले कालिज ब्यवसया सुरु गरेका छ । आन्तरीक पर्यटनको हब बनेको उक्त क्षेत्रमा कालिज ब्यवसाय फस्टाएको छ ।

कालिज गाँउ घरको जंगलमा पाइने एउटा पंक्षी हो । नेपालको धेरै जंगलहरुमा कालिज देखिन सकिन्छ । तर सरकारले ल्याएको नयाँ कानूनसँगै शहर बजारमा समेत यसको ब्यवसायिक उत्पादन गर्न थालिएको छ ।

बयलकाँडामा सुरु गरिएको कालिज ब्यवसायमा ‘रिङ नेक’ जातको २०० भन्दा वढी कालीज पालेको संचालक सन्दीप ढकाल बताउछन । करिब एक करोड लगानिमा तिन जनाको सयुक्त व्यवसाय सुरु गरिएको ढकालको भनाइ छ । डिकेन्द« पौडेल,सन्दीप ढकाल र गणेश पौडेलको संयुक्त लगानिमा १ विघा जग्गामा सुरु भएको संचालक गणेश पौडेल बताउछन ।

उनि पछिल्लो चरणमा आकर्षणको केन्द्र बनेकोमा खुशि ब्यक्त गर्छन । त्यस्तै ब्यवसाय अवलोकन गर्न बिभिन्न क्षेत्रबाट उद्योगी ब्यवसायीहरु आउने गरेका छन । उनले हाललाई ३०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताए । करिब ६ महिना पालेपछि मात्र कालिजको मासु खान योग्य हुने समेत उनले बताए ।