भ्याट छलेका चौधरी घरानादेखि भाटभटेनीसम्मको सुनुवाई

काठमाडौं,नक्कली भ्याटबिल बनाई अर्बौं राजस्व छलेको अभियोग लागेका आधादर्जन कम्पनीहरुका मुद्दामाथि सर्वोच्च अदालतले आज एकसाथ सुनुवाई गर्दैछ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पहिलो चरणमा ५ वटा कम्पनीको नक्कली भ्याट र आयकर छलीको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशले हेर्दाहेर्दैको मुद्दामा आज सुनुवाई गर्न लागेका हुन्।

नक्कली भ्याटबिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्टल स्टोर, ए आइ टी इन्टरनेशनल, बीएस बानियाँ स्टोर्स एण्ड फर्म, शंकर अक्सिजन ग्यास र अरुण इन्टर कन्टिनेन्टलले मुद्दा खेपिरहेका छन्। आयकर र मूल्य अभिवृद्धि करको विवादमा मुछिएका यी कम्पनीको मुद्दालाई यसअघिका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायधीस ओमप्रकाश मिश्रले हतारमा टुङ्याउन खोजेपछि न्यायालयको व्यापक विरोध र आलोचना भएको थियो।

आरोपितहरुलाई चोख्याउन व्यापक आर्थिक चलखेल र अपारदर्शी कामकारबाही भएको सार्वजनिक जानकारीमा आएपछि त्यतिबेला सर्वोच्चले मुद्दा स्थगित गरेको थियो।