पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले तिरेन साढे ५ करोड कर

काठमाडाैँ, पुर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन । दमक नगरपालिका ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ ।

गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागु भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।