कर्णालीमा यसरी शुभारम्भ भयो पर्यटन वर्ष ,पैसेरीमा फनफनी नाँचे मुख्यमन्त्री शाही

हेर्नुस भिडियाेसहित

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्‍याली निकाली बुलबुले उद्यानमा पुगेर भ्रमण वर्षको उद्घाटन गरिएको हो ।

 शुभारम्भका क्रममा कर्णालीका जातजाति विशेषका भेषभुषा र संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो । उनीहरुका छुट्टाछुट्टै झाँकीहरु प्रदर्शन गरिएको थियो । पर्यटन वर्ष शुभारम्भ हुनुपूर्व निकालिएको र्‍यालीमा लोपोन्मुख कुसुण्डा र राउटे जातिको पनि सहभागिता रहेको थियो ।

शुभारम्भकै क्रममा गोठीकाँठाबाट उडाइएको प्याराग्लाइडिङ कार्यक्रमस्थलमै ल्याण्ड गरिएको थियो । कर्णाली सरकारले भ्रमण वर्षलाई लक्षित गरी ४० वटा गन्तव्यहरु तय गरेको छ भने एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । कर्णाली प्रदेशका विभिन्न झाँकीसहित भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।

पैसेरुमा फनफनी नाँचे मुख्यमन्त्री

 मुख्यमन्त्री महेन्द्र बहादुर शाही पैसेरु नाचमा फनफनी नाचेका  छन् । जाजरकाेट,रूकुम,सुर्खेतमा नाचिने पैसेरीमा मुख्यमन्त्री शाही नाचेका हुन ।  शाहीसँगै प्रदेश सरकारका पर्यटनमन्त्री नन्दसिंह बुढा, सामाजिक विकासमन्त्री दल रावल, प्रदेश सभा सदस्य कौशिलावत्ती खत्री, सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसी पनि नाचेका थिए ।

कार्यक्रममा जुम्लाको देउडा, हुडके नाच, सुर्खेत लेकबेसीदेखि सोरठि, नेपाल प्रहरिद्वारा ब्यान्ड बाजा, सिम्ताको गर्रा नृत्य, पसेरु नृत्य, राउटे नृत्य जस्ता झाँकी प्रदर्शन गरिएको थियो ।  कार्यक्रममा कर्णाली आएका विदेशी पाहुनालाइ कार्यक्रममा भव्य स्वागत गरिएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले खादा ओढाई सम्मान गरेका थिए ।

बुलबुले तालमा भएको शुभारम्भ कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । प्याराग्लाइडिङमा दुई जना विदेशी र चार जना नेपाली सहभागी भएका थिए । वीरेन्द्रनगरको १४ नम्बरमा पर्ने गढीदेखि सोझै बुलबुले तालमा अवतरण गरेका थिए ।

अबको गन्तब्य कर्णाली प्रदेश ः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कर्णाली अब नेपालको पर्यटनको केन्द्रबिन्दु भएको बताए । उनले कर्णालीको बिकासका लागि पर्यटनको बिकास गनुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले बाहिरबाट आउने पर्यटकलाई सहज बातावरण तयार गर्नुपर्ने बताए । कर्णाली प्रदेशमा पर्यटक प्रबेश गरिसकेपछि खुशि बनाएर पठाउनुपर्ने उनको भनाई थियो ।

पैसेरुमा फनफनी नाँचे मुख्यमन्त्री हेर्नुस भिडियाे 

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहमा स्थानीय कलाकारसंग पैसेरू नृत्यमा नृत्य गर्दै माननीय मुख्यमन्त्रीज्यू लगायत।

Secretariat Of Chief Minister, Karnali Province ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಬುಧವಾರ, ಜನವರಿ 1, 2020