नेपाल भ्रमण वर्षको उद्घाटन तयारी पूरा

राष्ट्रपतिले औपचारिक घोषणा गर्ने

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटनका लागि सबै तयारी पूरा भएको छ । बुधवार राजधानीको दशरथ रंगशालामा आयोजना हुने उद्घाटन कार्यक्रममार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गर्नेछिन् ।

उद्घाटनको तयारी विषयमा जानकारी दिन सोमवार आयोजित एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौंसहित सातै प्रदेशका औपचारिक कार्यक्रममार्फत उद्घाटन गरिने बताए । गोरखापत्र दैनिकमा खबर छ ।