एक उदाहरण !

कथा

कोहि सन्तान बिहिन भएर समाजमा अपहेलित भएर बाच्नु पर्छ भने म बाध्य भए मेरो पेटमा हुर्किदै गरेको निर्दोष बच्चालाई सङ्सार नदेखाएरै मार्न । म कस्तो परिबन्धमा अल्झिरहेकी छु आफै सङ्ग प्रश्न गर्थे । यदि जन्म दिए भनेपनी उक्त सन्तानलाई मैले सहजै हुर्काउन सक्ने थिइन । र उ बिना बाबुको छोरा हुन्थ्यो । जगत ले स्विकारेपनी त्यो राक्षस जस्तो बाबू सङ्ग कति गाह्रो हुने थियो । त्यो सम्झिदा त बेसै गरेछु भन्ने लाग्यो । केही खुसी थिए भने केही दुखी थिए ।


यहि कारणले भोलि बाझोपनाको समस्या त आउने होइन म धेरै आत्तिए । जब जब भबिस्यको कल्पना गर्थे आङ सिरिङ्ग हुन्थ्यो ।  म यहाँ सर्बपर्थम तिमीलाई नै सम्बोधन गरिरहेकी छु । बहिनी तिमिले आफ्नो सबै घटना सुनाउदा पनि मैले त्यति ठूलो अपराधीलाई कुनै सजाय दिलाउन सकेकि छैन । तिमी नै चाहान्नौ ।

चाहान्नौ त नभनु बाद्य्य छौ तिमी उस्लाई निर्दोष झै त्यत्तिकै छाडिदिन । तिमी बाद्य्य छौ उस्को अपराध लुकाउन अनि आफ्नो पीडा आफै भित्र गुम्साएर राख्न । यसकारण मैले पनि कुनै आट गर्न सक्दिन । भन्न त भनिन्छ अपराध गर्ने मान्छे भन्दा ठूलो अपराधी उस्को अपराधलाई लुकाउने मान्छे हो । यसकारण हामी अपराधी भित्र पर्छौ या पर्दैनौ । तर हामी त बाध्य छौ उस्को अपराध लुकाउन ।

गैर कानुनी काम गरेको छ तर त्यो बारे कानुनलाई थाहा छैन। फलस्वरूप उस्लाई कानुन ले सजाय दिदैन । न त समाजले कालो मोसो दलेर जुत्ताको माला लगाइदिएर गाउँ भरी डुलाएर उस्को अपमान गर्छ । किनकी समाजले उस्को दोष देखेको छैन । न त तिमी भित्रको कहाली लाग्दो अवस्था देखेको छ ।

बहिनी यो सबै भनेर मैले तिमिलाई निरुत्साहित पार्न खोजेकी भने होइन । तिमी ढुक्क हौ, उस्को गल्ती अथवा उस्ले तिमी माथी गरेको अन्याय भगवानले देख्नु भएको छ । तिमिले कति ठूलो पीडा भोग्नु पर्यो अनि यो सहन तिमिलाई कति गारो भैरहेको छ बहिनी देखिरहनु भएको छ भगवान ले । र आसा छ यस्को सजाय एक दिन दिएरै छाड्नु हुनेछ । भगवानले तिमिलाई अवश्य न्याय दिलाउनु हुने छ ।

तिमिले म माथी ठूलो बिस्वास गरेर आफ्नो घटना सुनाएकी थियौ । तिमिले रुदै हल्ला भयो भने त म बर्बाद हुन्छु भनेकी थियौ । तर मलाई जरुरी लाग्यो यो घटनालाई बाहिर ल्याउन । अनि अरु नारी हरु सचेत हुनेछन, साथै आउदा दिनमा कुनै महिलाले यस्तो समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले । मलाई आसा छ मलाई मात्र होइन क्यारे तिमिलाई पनि आसा छ । यो कथाले समाजलाई केही हद सम्म परिबर्तन गर्न सक्ने छ ।

अन्त्य हुने छ पुरुष बादी समाजको र समान रूपले हेरिने छ महिला र पुरुषलाई । आसा त सबैमा जाग्नु जरुरी छ, आसा जाग्नु मात्र होइन पूरा हुनु पनि जरुरी छ । एउटा बालकलाई जन्मेदेखी नै महिलाहरुको सम्मान गर्न सिकाओस परिवारले । यस्तै आसा उद्देश्य र समाज परिबर्तन गर्न सक्ने छ भन्ने बिस्वास ले नै यो घटनालाई बाहिर ल्याउन जरुरी लाग्यो ।

बहिनी मैले तिम्रो स्वीकृतिमा नै यो सत्य घटनालाई बाहिर ल्याउने प्रयास गर्दै छु । तिम्रो ब्यथालाई सबैसामु पुर्याउने जमर्को गर्दै छु । तिमिलाई आस्वस्त पारेकी थिए । यो तिमी नै होउ भन्ने कसैलाई थाहा हुने छैन म तिम्रो बदनाम गर्ने छैन भनेर । तिमिले कुनै बदनाम हुने काम त गरेकी होइनौ तर यो समाज यस्तै छ । तिम्रो कुनै दोस नहुदा पनि दोसि देख्छ । त्यसैले तिम्रो लगाएत सबैको नाम परिबर्तन गरेकी छु । र ठाउँ पनि परिबर्तन गरेकी छु ।

एउटा संयोगले तिमिसङ्ग भेट भयो । राम्रो संयोग हो त्यो । हामी धेरै आत्मीय भयौं । तिमी भन्थ्यौ ´मेरा दिदी बहिनी छैनन हजुरले त्यो कमिलाई पूरा गरिदिनु भयो ।` त्यस्तै मेरो पनि बहिनी छैनन तिमिले पनि मेरो बहिनिको कमिलाई पूरा गरिदियौ । तिमी एउटा मिल्ने साथी झैँ थियौ हामी एक अर्का सङ्ग सबै कुरा सेयर गर्थ्यौ ।  तर आजभोली किन हो कुन्नी तिमी भुमिगत भएझैं भयौं । तिम्रो फोन लाग्दैन । तिमी सम्पर्क बिहिन भएको दुई महिना भन्दा बढी भैसक्यो । फेसबुकमा तिम्रो अकाउन्ट नभेटेकै त ६ महिना भन्दा बढी भइसक्यो ।

तिमी फेसबुक त चलाउदिनौ रे । मैले तिमिलाई चिन्ने सबै सङ्ग सोधे तिमी कसैसङ्ग कन्ट्याक्ट्मा छैनौ भन्ने थाहा पाए । तिम्रो दाइ, भाउजू, परिवार, तिम्रो प्रेमी म कसैलाई पनि चिन्दिन । खोज्ने प्रयास गर्दा पनि मैले पत्ता लगाउन सकिन । डर अनि सङ्का पनि उत्पन्न हुन्छ मनमा ।तिमी कुनै समस्यामा त छैनौ भन्ने कुराले । भगवान सङ्ग धेरै चोटि प्रथाना पनि गरेकी छु तिमिलाई केही नहोस भनेर ।

जिबनमा धेरै आउछन जान्छन । तर तिमी त बेग्लै छौ । जसरी तिमी तिम्रो प्रेमी सङ्ग भेट हुनेछ भन्ने आसै आसामा थियौं त्यसरी नै म पनि आसा हरिरहेकी छु तिमिसङ्ग भेट हुनेछ भनेर । तिमिलाई बहिनी भने पनि तिमी एक असल साथी पनि हौ । जस्लाई म कहिलै भुल्न सक्दिन होला । अन्तिमपल्ट तिमिलाई मैले नै फोन गरेकी थिए । तिमी दाङ मा थियौ त्यो बेला । तिम्रो घटना बारे म लेख्छु है भन्ने बारे कुरा भएको थियो । तिमिले हुन्छ भनेकी थियौ । त्यो दिन हाम्रो फोनमा साढे एक घण्टा सम्म कुरा भयो ।

तिमिले त्यति ठूलो बिस्वास गरेर मलाई आफ्नो सबै कुरा सेयर गरेकी थियौ । मैले कहिलै कल्पना गरेकी थियिन तिमी यसरी हराउछौ भनेर । साहेद कुनै बाध्यता हो या त कुनै मानसिक पिडाको सिकार भएकी छौ कि । तिमी एकदिन त यो कथा अवस्य पढ्ने छौ । यो कथाकी प्रमुख पात्र तिमी त्यसैले तिमी सङ्ग पुग्न एकदमै जरुरी पनि छ । म यसै मार्फत तिमिलाई धेरै सम्झिरहेको पनि जानकारी गर्छु । मलाई आसा छ यो पढ्ने बित्तिकै तिमी अवश्य म सङ्ग सम्पर्कमा आउने छौ ।

बहिनी म तिम्रो पढाइ प्रेम आदिको सफलताको कामना गर्छु । प्रेम त सफल भएकै मान्न सकिन्छ । र पढाइमा पनि सफलता हासिल गर्दै नै अगाडि बढिरहेकी छौ । म अझ बढी सफलता र तिमी सधै खुसी हुनु सुखी हुनु भन्ने कामना गर्छु । अनि एक नराम्रो सपना सम्झेर त्यो घटनालाई बिर्सिदिनु । तिम्रो त्यो बिगतले आउदो समयमा कुनै नकारात्मक प्रभाब नपारोस म कामना गर्छु ।

समाजमा जगत जस्तो प्राणी फेरि नजन्मियोस । असङ्ख्य यस्ता दिब्याहरु होलान यदि समाजले थाहा पाएको छ भने अपमान नगरोस उनिहरुको । अनि ती असङ्ख्य दिब्याहरुले बिगतलाई सम्झेर आफ्नो जिन्दगी नबिगारुन । सबै बिर्सेर नया जिबनको सुरुवात गर्न सकुन । र रमाउन सकुन आफ्नो बर्तमानमा ।

एक उदाहरण हो दिब्यामा घटेको यो घटना । जो अति नै भयानक छ । अरु पनि धेरै यस्ता दिब्याहरु छन हाम्रो समाजमा । कती भित्र भित्रै पिल्सिएका छन भने कतिका घटना हरु सार्बजनिक भएका छन । कतिले बाच्ने साहस गरे भने कतिले आत्माहत्या गरेका धेरै उदाहरण हरु छन । बलात्कार गरिसकेर हत्या गरेका उदाहरण हरु पनि छन ।

ढोकामा डङ् डङ् बजेको आवाजले म बिउझे । सुतेरै भित्ताको घडी हेरे ६ बजेको रहेछ । उठेर ढोका खोल्नै लाग्दा फेरी डङ् डङ् आवाज आयो । म सजिलै थाहा पाउन सक्थे त्यो पिलिस नै थियो । उ बिहान बिउझेपछि म अफिस जादासम्म मेरै साथमा हुन्छ । अनि म अफिसबाट फर्केपछि साझ नसुत्दा सम्म म संगै हुन्छ । रमा दिदिको एउटा मात्रै छोरा पिलिस । मलाइ भेटायो भने उस्लाई आफ्नि आमाको पनि मत्लब नै हुदैन ।

मैले ढोका खोले । हि हि गर्दै कम्मर मर्काउदै उ आफ्नो कोठामा गयो । हामी एउटै घरमा बस्छौ मेरो भन्दा पल्लो कोठामा बस्छिन रमा दिदि ।

म बाथरुम गए ।

मलाइ बिहान उठ्ने बित्तिकै सुरुमै मोबाइल हेर्नुपर्छ मैले सधैझैं मोबाइल हेरे जस्मा एउटा मिसकल देख्छु । मोबाइल साइलेन्टमा भएका कारण थाहा पाइनछु क्यारे । मिसकल दिब्याको थियो मैले केही सोच्दै नसोचि छिट्टै कलब्याक गरे ।

‘हजुर आसा दिदि हो ? ’ दिब्या नै थियी । उस्को मलिन आवाज सुनियो ।

‘ हजुर म आसा नै हो, सन्चै छौ बहिनि ?” केही बेर मौनता छायो

त्यसपछी उ घुक्क घुक्क रुन पो थालि

‘बहिनि के भयो तिमीलाइ ठिक त छौ नि ?’

‘दिदि हजुर रुम मै हुनुहुन्छ ? यदि रुममैै हुनुहुन्छ भने म आउछु । दिदि हजुरलाई भेट्न मन लागेको छ ।’ उस्ले रुदै भनि ।

‘हो म रुममै छु । आउ न’

के भयो होला दिब्यालाइ उ किन रोइ मेरो मनमा कुरा खेल्न थाल्यो । आजभोली उ फेसबुकमा पनि देखिएकी थिइन । उ संग भेट नभएको पनी धेरै भैसकेको थियो ।

उस्को बारेमा सोच्दा सोच्दै कित्लिको चिया उम्लेको मैले पत्तै पाइन छु । चिया उम्लेर ग्यास र टेबुल भरि भएछ । सफा गर्दै थिए ढोकामा दिब्याको आवाज आयो । मैले ढोका खोले ।

ओहो कस्ति भएकी दिब्या त! खोइ उस्को हसिलो अनुहार, पुक्क गाला।उस्का चन्चल आखा किन यस्ता भएका ? राता राता भएका थिए उस्का आखा । रातभरी रोएकी जस्तै देखिएको थियो । सरिर पनि सुकेको पात झै भएछ, फुङ्ङ उढेको। कपालहरू पनि नकोरिएका जिङ्रिङ। के भयो उस्लाई ?

ऊ अलिकति मुस्कुराउन त खोजि तर टिठ लाग्दो अनुहारमा हासो सुहाएन अझै रुदै छे जस्तो पो देखिरहेको थियो । कति धेरै चेन्ज आएको हो मैले चार महिना अघि नया बानेस्वरमा भेटेकी दिब्या र अहिले मेरो ढोकामा उभिएकी दिब्यामा । घिउ रङ्गमा निलो, हरियो, गुलाबि रङ्को सानो सानो बुट्टा भएको कुर्ता, सुन्तला रङ्को सुरुवाल र घाटिमा कालो सल थियो । जे लगाए पनि सरिरमा चट्ट सुहाउछ उस्लाई । पातलो मिलेको सरिर छ उस्को ।

मैले उस्को हात समातेर भित्र ल्याए । बेडमा बसाले अनि म पनि उसकै छेउ बसे । उसका रसिला आँखामा आसु छचलकिए, उ रुन पो थाली । मैले उस्को आसु पुछिदिदै कपाल सुम्सुमाए ।

‘बहिनि तिमीलाई के भयो मलाई सब्बै भन त ’

‘दिदि कसरी भनौ ? ’ ऊ हिक्क-हिक्क गर्दै थिइ ‘दिदि म माथी एकदमै नराम्रो घटना घट्यो’

‘गारो नमान बहिनी मलाइ आफ्नै दिदि सम्झेर ढुक्क भएर सब्बै कुरा सेयर गर । आफुलाई हल्का हुन्छ ।’

‘दिदि यो कुरा कसैलाई पनि नभन्नु होला, हल्ला भयो भने त म बर्बात हुन्छु’

‘ओके म कसैलाई भन्दिन बहिनी`

त्यसपछी दिब्याले मलाई आफ्नो अतीत तिर लिएर गइ ।

सरोज र म एउटै स्कुलमा पढ्थ्यौ । म आठमा पढ्दा उ दशमा पढ्थ्यो । उ क्लासमा प्राय प्रथम हुन्थ्यो । त्यसैले उस्लाई स्कुलमा सबै ले चिन्थे । मेरो पनि पढाइ राम्रो थियो । हाम्रो भन्दा पल्लो गाउमा छ उस्को घर । उस्को बुवा आइरहनु हुन्छ हाम्रो घरमा । उ भने एकदुइ चोटि मात्रै आएको थियो । स्कुलमा भने देखिरहन्थे । हामी अलि अलि बोलेका पनि थियौ ।

सरोज राम्रो थियो । स्कुल गएपछि मेरा आखाले सरोजलाई नै खोज्न थालेका थिए । उस्लाई देखेपछि मात्र पनि मलाइ आनन्द मिल्न थालेको थियो । घरमा पनि धेरै सम्झिन्थे म उस्लाई । उ सुशील थियो । अल्लि पातलो, गोरो, चम्किला आँखा भएको सरोज अरु भन्दा हेन्सम लाग्थ्यो । भलाद्मी जस्तै देखिने ठिक्क बोल्ने सबैको प्यारो थियो उ ।

मुकुन्द दाइ को फुपुको छोरा हो सरोज यो नाता बाट पनि उ दाइ हो भने उस्को बुवालाई हामी ठुलाबुवा भन्थेउ । उ दुबै नाताबाट दाइ पर्थ्यो । तर कहिलेकाही म फरक कल्पना गर्न पुग्थे । म उस्को दुलही भाको रे । छ्या म के सोच्न पुगेछु भन्ने हुन्थ्यो ।

मङ्सिरको पहिलो हप्ता उ जाजरकोट छोडेर सुर्खेत जाँदै थियो । एसएलसी को तयारिको लागि । दियारको रुख नेरै हाम्रा आँखा जुधेका थिए । हामी स्कुलबाट घर फर्किदै थियौ भने मुकुन्द दाइ र सरोज सुर्खेत जानको लागि हिड्दै थिए ।

´दाइ कहाँ जानलाग्नु भयो ` हामिसङ्गै हिडिरहेकि साथिले सोधी ।

´सुर्खेत जानलाग्यौ राम्रो सङ्ग पढ्नु है `

यति भनेर उनिहरु हिडेका थिए ।

यता मेरो मुटु पिरो भएर आयो । आसुलाई जबर्जस्ति थामे ।

घर आए । ड्रेस चेन्ज गर्दा मेरा आखाबाट अनयासै आसुको भेल बग्न थाल्यो । के भाको होला मलाई । बल्ल महसुस भयो म सरोजलाई माया गर्ने रैछु भन्ने कुराको । मानौ म कुनै प्रदेसिको पत्नी हु । अनि आज मेरो लोग्ने प्रदेस गएको हो झै म रोइरहेकि थिए ।

केहि समय पछी मैले सुन्न थाले, सरोज जाजरकोट आएको छ रे, ऊ सँग भेट हुन्छ कि भन्ने म भित्र झिनो आसा पलाउथ्यो तर त्यो आसा आसामै सिमित हुन्थ्यो । मैले उस्लाई देख्न नपाइकनै सरोज गैसकेको हल्ला सुनिन्थ्यो । उस्ले एसएलसि पहिलो श्रेणीमा उतिर्ण गर्यो । त्यसपछी उ काठ्मान्डौ गएको थियो ।

म दस कक्षामा पुगे । दसैतिहार आयो कमाउन गएकाहरु, पढ्न गएकाहरु गाउँ आउदै थिए । यसै क्रममा सरोज पनि जाजरकोट पुगेको छ भन्ने त सुन्थे तर मैले मेरो सरोजको दर्शन पाउनको लागि दुइघाण्टाको बाटो हिड्नु पर्थ्यो । अनि कुन कामको निहु पारेर पो जानु। कहिलेइ नगएकाहरुलाई बाटो चिन्न पनि गारो छ रे । म कहिलेइ गएकि पनि थियिन । उस्को गाउमा ।

मेरो आखामा आइरहन्थ्यो, काधमा झोला भिरेर निधारमा टीका लगाएको दुई बर्ष अघि मलाई छोडेर जादाको सरोजको हसिलो अनुहार ।

मेरो यसएलसी को सेन्टर जाजरकोट खलंगामा पर्यो । म जरिमा दिदिको घरमा बसे । दिदिको घरबाट यसएलसिको सेन्टर परेको स्कुल नजिकै पर्थ्यो । बुवाले खलंगा जादा एउटा सानो साधा मोबाईल दिनु भयो । जसबाट फोन गर्न र एफएम सुन्न मात्रै मिल्थ्यो । सोचेकी थिए जरिमा दिदिसङ्ग सरोजको नम्बर माग्छु र कुरा गर्नेछु उ सङ्ग । तर म मा फोन नम्बर माग्न सक्ने हिम्मत पो काहा थियो र ।

परिक्षा दिएर घर आए पछि बुवाले गरेको निर्णय ले म मा खुसिको सिमा नै रहेन । केही समय पछि म काठमाडौ जाने रे । दाइहरु सङ्गै बस्ने रे अब म उतै पढ्ने भए ।

केही समय म जाजरकोट बसे, त्यसपछि म काठमाडौ आए । म भिर जङ्गल पाखा पखेरा भएको मेरो गाउँ छोडेर झिलिमिली सहर काठमाडौमा आइपुगे । सजाउदै मनमा अनगिन्ती सपनाहरू । बिशेश गरि त मेरो ठूलो रहर थियो सरोज । डर पनि लाग्थ्यो कतै नचिनेको झै त गर्दैन, मलाई बेवास्था पो गर्ने हो कि यस्तै यस्तै कुरामा ।

सरोज कृतिपुर बस्छ । मैले जरिमा दिदिकोमा बस्दा सुनेकी थिए । कहाँ छ होला कृतिपुर । यति ठूलो सहरमा कहाँ खोज्नु उस्लाइ । काठमाडौ आएपछी त भेट हुन्छ कि उ सङ्ग सोचेकी थिए तर दुई महिनासम्म पनि उस्को खबर पाएकी थिइन ।

जेष्ठ महिनाको अन्त्य तिर साझ पाँच बजे यसएलसी को रिजल्ट आयो । म सेकेन्ड डिभिजन मा पास भए । ५७% आयो । सबैले फस्ट डिभिजन को अपेक्षा राखेको ले मेरो रिजल्ट को कुरामा कोहि खुसी हुन सकेनन् । तिमिले परिक्षा कसरी बिगार्यौ दाईहरु सोधिरहनु हुन्थ्यो ।

भोलिपल्ट साझ कुनै नयाँ नम्बर बाट फोन आयो । मैले रिसिभ गरे ।

´रिजल्ट के भयो तिम्रो दिलमाया`? को हो मैले चिन्नै सकिन । आवाज त कतै सुनेको जस्तै लागिरहेको थियो ।

मलाई गाउँ तिर प्राय सबैले दिलमाया नै भन्छन् । मेरो पुरानो नाम दिलमाया हो । आठ कक्षामा चेन्ज गरेर दिब्या बनाएकी थिए । यस्ले गर्दा नागरिकतामा पनि मेरो नाम दिब्या नै छ ।

´हजुर` मैले भने ।

´म सरोज, चिनिनौ ?` उताबाट आवाज आयो ।

ओहो! मलाई एउटा गोडामा उभिएर नाच्न मन लाग्यो। अब के बोल्नु मेरो मुटु बेस्मारी चल्न थाल्यो, कानका लोती ताता भए। बोल्न त धेरै मन थियो । तर के भनेर कसरि कुरा गर्नु ।

´तिम्रो रिजल्ट के भयो ?`

मैले केही छिन पछि मात्र भने “ठिकै भयो।“

´सरि हेर न मेरो काम पर्यो म एकछिन पछि फोन गर्छु ल` उस्ले फोन राख्यो ।

सायद यति धेरै आनन्द त जिबनमा कहिलेइ मिलेन । तर मैले बोल्न डराएकोले उस्लाई मन परेन कि ? अब उ मलाइ फोन नगर्ने हो कि ? म डराए । म फोनमा कसै सङ्ग धेरै नबोलेको ले खुल्न नसक्नु स्वभाबिक थियो । त्यसमाथी लाज र डर उत्तिकै लागिरहेको थियो ।

हामी खाना मेरो कोठामै बनाउछौ । पर्दा लागएको छौ बिचमा । वारिपट्टी भान्सा छ भने तेस्को पछडी म सुत्थे । ठूलो छ मेरो रूम । दाइहरु अर्कोमा बस्नु हुन्थ्यो । खाना खाएपछी भाउजुले भाडा धुनु भयो । काम सिध्याएर उहाहरु आफ्नो रूममा जानू भयो । मोबाइल मा रिङ्टोन बजिरहेको रहेछ । अघि सरोजले गरेको नम्बरबाट फोन आइरहेको थियो । मैले रिसिभ गरे । हामी बिच पन्द्र मिनेट कुरा भयो ।

उ बाह्रको इक्जाम दिएर जाजरकोट गएको रहेछ, उ आज खलङ्गा छ रे जरिमा दिदिको घरमा । तेहा गएपछी नै मेरो नम्बर पाएको रे । उ भोलि जरिमा दिदिको बाट काठमाडौ आउने रे ।

´म भोलि काठमाडौ आउछु ` उस्ले भन्यो ´दुइबर्ष कृतिपुर बसे अब भक्तपुर बस्ने बारे सोचिराछु ।`

मलाइ बानेश्वरबाट भक्तपुर नजिक पर्छ कि कृतिपुरअझै राम्रो सङ्ग थाहा थिएन । म बानेश्वरमा बसिरहेकी थिए ।

म क्याम्पसमा भर्ना भए । मेरो र सरोजको फोनमा घण्टौ कुरा हुन थाल्यो । म बानी नै परे उ सङ्ग । एकछिन पनि कुरा नगरेपछि छटपटी हुन्थ्यो ।

´अरुसङ्ग बिहे गर्नु भयो भने त बिर्सिनु हुन्छ होला है मलाई ?`कहिलेकाही फोनमा कुरा हुदा हुँदै म भन्थे ।

´एकछिन कुरा नगरि त बस्न सक्दिन कसरि बिर्सुला र` उ सिरियस भैहाल्थ्यो ।

दिनमा दुई तीन चोटि फोनमा कुरा हुन्थ्यो । मेसेज प्याक तानेका हुन्थ्यौ । जति बेला फुर्सद हुन्छ मेसेज गरिहाल्थ्यौ ।

एकदिन मेसेजमा कुरा गर्दा गर्दै साढे एघार बजेछ ।

सरोजले भन्यो “निन्द्रा लाग्यो माया सुत्छू है?” उस्ले पहिलो चोटि माया भनेको थियो म एकदमै खुसी भए अनि लाजले हुरुक्क भए । अरु के मेसेज गर्नु र उस्लाइ अनि के पो भन्नू र । मैले सिरानी काखमा च्यापेर ओछ्यानमा पल्टे । एकछिन पछि अर्को मेसेज आयो । मोबाइलमा हेरे उस्ले भनेको थियो “म त सुत्छु है” भन्न लागेको थिए झुक्किएर मायासुत्छुभएछ, प्लिज नरिसाउ ल `

´हाम्रो किबोर्ड` मोबाइल को यापमा ´Y` र ´T` सङ्गै हुन्छ तेसैले उ झुक्किएको हो या त उस्ले जानी जानी गरेको थियो । उस्ले कहिलै माया गर्छु भनेको थिएन । तर मनमा कता कता उस्ले माया गर्छ जस्तै आभास भैरहेको थियो । मैले पनि भन्न त कहाँ सक्छु र सरोज म हजुरलाई माया गर्छु भनेर ।

भन्न गारो कुरा त होइन हामी बिच तेति धेरै कुरा हुन्थ्यो । तर लाग्थ्यो ´मैले त्यो किसिमको माया गरेकी छु या छैन ? म उस्लाई खुसी राख्न सक्छु या सक्दिन ? कतै मलाई उत्ताउली सोच्छ कि तेसो भने पछि ? हामी बिचको यहि सम्बन्ध पनि तोडिने हो कि? `मलाई या वत कुराले रोख्थ्यो । उ सङ्ग मनको कुरा सेयर गर्न ।

उस्ले कुनै बेला पनि मलाई बहिनी भनेको याद छैन । जाजरकोट हुदा सधै दिलमाया नै भन्थ्यो भने काठमाडौ आएपछि दिब्या नै भनेको छ । म भने जाजरकोट हुदा दाइ भन्थे भने काठमाडौ आएपछि कुरा हुन थालेपछी दाइ भन्न छोडिसकेकी थिए । बिर्सिसकेकी थिए हामी बिच कुनै नाता छ भन्ने कुरा ।

प्रेम गर्छु भनेर त गरिन्न । किनकी यो त मनको उपज हो । प्रेम हिर्दयको मौन आवाज हो । जब प्रेम गर्नेहरु प्रेममा लिप्त हुन्छन तब बोली नै बन्द हुन थाल्छ । त्यहा मात्र अब्यक्त प्रेम हुन्छ । साहेद त्यस्तै अब्यक्त प्रेम थियो सरोज र म बिच । म भित्रमिठा रहरहरु पलाउन थालेका थिए अनि रहर लाग्दा सपनाहरू देख्न थालेकि थिए मैले। म धेरै खुसी थिए उस्को साथ पाउँदा ।

निकै आनन्दको अनुभुती गर्न थालेकी थिए । हामी प्रेममा झाङ्गिदै गयौ । हामी बिच फोन र च्याट उत्तिकै हुन्थ्यो भने महिनामा दुइतिन चोटि भेट्न थालेका थियौ । हामी एकअर्का बिना बाच्नै नसक्ने सम्म भैसकेको थियौ । सङ्सार बिर्सिन्थ्यौ एकअर्कालाई पाउँदा ।

एकदिन हामी रानी पोखरी गयौ । त्यो बेला म बाह्रमा पढ्थे । म रानिपोखरी तिर हेर्दै टोलाइरहेकी थिए । उस्ले भन्यो ´लुरि आज भेटौ भनेर यति धेरै कर किन गरेको हु थाहा छ ?`

´नाई`

´आजको दिन भनेको काठमाडौ आएपछि भेटेको पहिलो दिन हो तिमी निक्कै राम्री भएर मेरो सामु आएकी थिएउ । यो दिन मलाई एकदमै स्पेसल दिन लाग्छ `

´म त्यो दिन मात्रै राम्री थिए ? ` मैले सोधे ।

´होइन तिमी सधै राम्री छौ । काठ्मान्डौ आएपछि को दिब्या र जाजरकोट हुदाकी दिब्यामा धेरै फरक थियो नि त । तिमी अझ बढी राम्री देखिएकी थियौ ।`

´हजुर पनि त राम्रो देखिनुभएको थियो ।`

उ मुसुक्क हासेर एकछिन पछि बोल्यो ।

´ झन दुलही भएको दिन त कति राम्री देखिन्छौ होला है ?`

´ कस्की दुलही ?`

´खोइ`

उस्को खोइ जबाफले हो या किन हो मुटु पिरो भयो आखाबाट आँसु बग्न थाल्यो । म सरोज सङ्ग लुकाउन खोज्दै थिए देखिहाल्यो ।

´लुरि अरे के भयो ?` म झन रुन थाले । आफुलाई कन्ट्रोल गर्न सकेकी नै थियिन । झन झन आँसु बग्न थाल्यो । उस्ले छातीमा टासेर कपाल सुम्सुमाउदै भन्यो ´नरोउ न जोक पो गरेको हु त, भन त के तिमी अर्कैकी दुलही भएको हेर्न सकुला र ? म त बाच्न पनि सक्दिन कान्छु तिमी बिना`

उस्ले मेरो आँसु पुछिदिएर निधारमा चुमेपछी मलाई बल्ल ख्याल भयो हामी खुल्ला ठाउमा छौ भन्ने कुरा । म उ बाट हटेर हिडे ।

एकान्तमा हुदा त हामिबिच यस्तो केही हुन सकेको थिएन भने आज यस्तो ठाउँमा म उस्को अङ्गालोमा पुगे । हिडिरहेका थियौ सरोजले भन्यो ´तिमी रोएको हेर्नै सकिन मैले । हामि कस्तो ठाउमा छौ भन्ने कुरा पनि बिर्से । सरि लुरि ।`

च्याटमा कुरा गर्दा गर्दै हामी धेरै भाबुक हुन्थ्यौ । कहिले त रुनै पनि पुग्थेम ।

दसै बिदा भयो । दाइ भाउजू घर नजाने रे । अनि म पनि कोहि जाने मान्छे भेटिएपछि मात्र जाने रे ।

मैले जुनुलाइ सोधे ´तिमी जान्छौ कि नाइ घर`

´जान्छु हामी आजै हिड्छम । तिमी कहिले जाने? `

´कोहि जाने मान्छे भेटेपछी जाने भन्नुभएको छ `

´हामिसङ्ग हिड न `

´सरोजले सङ्गै जाम भनेको छ बरु हेल्प गर्देउन`

´कसरी हेल्प गरम भन त`

´तिमी सङ्ग जान्छु भनेर ढाट्छु तिमी नि हो भनिदेउ न `

´ल ल हुन्छ`

जुनुलाई हाम्रो घरको कसैले चिन्नु हुन्न थियो । कान्छोदाइ मात्र अलि अलि चिन्नु हुन्थ्यो । उहाको भेट पनि भएको थिएन । यस्ले गर्दा मलाई सजिलो भयो ।

दाइको नजिक गएर भने ´दाइ जुनु आज जादैछिन रे म पनि जान्छु नि उ सङ्ग`

दाइ ले हुन्छ भन्नू भयो ।

मैले सरोजलाइ फोन गरेर आजै जाम भनेर भने ।

दाइ मलाई बसपार्क सम्मै पुर्याउन जाने रे । कस्तो अफ्ट्यारो पर्ने भयो मैले जुनुलाई फोन गरेर सब्बै परिपाटी मिलाए ।

हामी बसपार्क पुग्यौ । दाइ आफै गएर दुई ओटा टिकट काटेर पो ल्याउनु भयो । केटि मान्छे हुन दुबै राम्रो सिट मिलाइदिनुस भन्दै । टिकट दुई घण्टा पछिको मिल्यो । दसैको बेला भएर टिकट पाउनै गारो थियो । दाइ भएर मात्र मिलाउन सक्नु भएको थियो । मैले देखे जुनु त अर्को गाडिमा जाजरकोट जाँदै थियी । दाइ ले देख्नु भएन यदि देखेको भए पनि उहाँ चिन्नु हुने पनि थिएन । हामीले सोचेको जस्तो भएको थिएन । अब के गर्ने म आत्तिएकी थिए । ´दाइ हजुर पनि दुई घण्टा बस्नु भन्दा बरु घर जानू `

´नाइँ तिमिहरुलाई गाडिमा चडाएर जान्छु`

जुनको फोन आयो । दाइ सङ्गै भएकोले उठाउनै सकिन उस्ले मेसेज गरि ´बादर्नी रिसिभ गर न म सङ्ग आइडिया छ ।`

मैले फोन साइलेन्ट बाट हटाए । उस्को फोन आयो ।

´जुनुले गरेकी हुन फोन ?` दाइले सोध्नु भयो । मैले टाउको हल्लाए ।

´रिसिभ गर न तेसो भए ।`

मैले रिसिभ गरेर सोधे ´जुनु कहाँ छौ ?`

´म नुवाकोट छु । अब आउदैछु ।` उ त जाजरकोट तिर हिडिरहेकी थियी ऐले कुन नाटक को लागि झुट बोल्दै थियी ।

´उफ किन ?` मैले भने ´टिकट दुई घण्टा पछिको छ कसरी पुग्छौ दुई घण्टामा`

´प्राइभेट गाडीमा छु । तर कोठामा गएर बसपार्क आउदा भ्याउनै गारो हुन्छ । तिमि बसपार्क बाट आउ म कलङ्किबाट चढ्छु । गाडी नम्बर कति हो भन त `

मैले गाडी नम्बर भनेर फोन राखे ।

दाइलाई जुनु कलङ्की बाट चढ्ने रे भनेर सबै कुरा भने ।

जुनुको मेसेज आयो ´दाइ ले बनाको आइडिया हो सरोज दाइ कलङ्की बाट चढ्नु हुन्छ`

आइडिया मास्टर थियो सरोज ।

म र सरोज एउटै सिटमा गयौं । मनमा धेरै कुरा खेलेर रातिभरी नसुतेकाले । धादिङ पुग्दा सम्मै म उस्को काखमा निदाएछु । डर लाग्दो सपना देखेछु तेसैले आत्तिदै बिउझे । म तर्सिएको अनि अनुहारमा चिट चिट पसिना आएको देखेर सरोजले भन्यो ´हामी सङ्गै आएर कुनै नराम्रो काम गरेका छैनौ । प्लिज टेनसन नलेउ न ।`

मैले उ गाडिमा चढे पछि पल्ट पल्ट भनेकी थिए ´सरोज कसैलाई थाहा हुने हो कि हामी सङ्गै आएको कुरा` तेसैले होला उ यसो भनिरहेको थियो । म यस्तै कुरामा डराउदै निदाएकी थिए । त्यसैले पनि हुनसक्छ यस्तो सपना देखेको ।

साहेद सरोज पनि डराएको थियो तर मलाइ झन गारो हुन्छ सोचेर नडराएझै गरिरहेको थियो।

रातभरी एउटै सिटमा हुदा पनि सरोजले मलाई केही पनि गरेन यसै बाट पनि प्रष्ट हुन्छ सरोज मलाई माया गर्छ भन्ने कुरा, म विस्वस्त भए।

जाजरकोट गएपछि सरोज र म एक दिन मात्रै भेटेको थियौं । म तिहार पछि फर्के । काठमाडौ अङ्कल सङ्गै फर्केकी थिए । सरोज र म सङ्गै जाजरकोट गएको धन्न कसैले थाहा पाएन । म ढुक्क भए । उस्ले भन्यो´देख्यौ आखिर कसैले थाहा पायो त? लुरि तेस्सै डराएर`

काठमाडौ आएपछि दिनहरु उसै गरि चल्न थाले । भेटिरहन्थ्यौ फोनमा मेसेजमा घण्टौ कुरा गर्थेउ । हाम्रो सम्बन्ध अझ गाडा हुँदै थियो । कुरा हुन थालेको दुई बर्ष पुग्न थोरै थियो यो समयमा हाम्रो सम्बन्धमा कुनै बाधा आएन । उस्को कारण म कहिलेइ दुखी हुनु परेन । न उ म सङ्ग कहिले रिसाएको थियो । न त म नै उ सङ्ग ।

मेरो बाह्रको परिक्षा नजिकिदै आएपछि बोल्न अलि कम गरेउ । भेटेनौ पनि । दाइ हरु राम्रो सङ्ग पढ भनेर सम्झाइरहनु हुन्थ्यो ।

परिक्षा सकिएकै दिन दाईले फोन गर्नुभयो । उहाँ तेतिबेला जाजरकोट नै हुनुहुन्थ्यो । रिसाउदै भन्नू भयो ´तिमी दसैंमा घर आउदा को सङ्ग आएकी थियौ ?`

लौ दाइले थाहा पाउनु भएछ कि क्या हो । म एकाएक खाडलमा भासिएझै भए । केही नबोलेर बसेकोले दाइ झन रिसाउनु भयो । ´किन नबोलेकी भनन को सङ्ग आएकी थियौ `

´सरि दाइ ` मैले डराउदै भने ।

´बहिनी हामिलाई सबै थाहा भैसक्यो । अनि यो सबै कुरा बुवाले नै भन्नू भएको हो । बुवाले धेरै नराम्रो ठानिरहनु भएको छ । हामिले तिम्रो परिक्षा आइरहेको छ यस्तो कुरा गरेपछी झन तनाब हुन्छ परिक्षा बिगृन्छ सोचेर भनेका थिएनौ ।`

मुटु पिरो भयो । रुन पनि सकिन ।

´दिब्या तिमिले राम्रो गरिनौ` दाइले नम्र हुँदै भन्नू भयो ´जे सोचेर हामीले तिमिलाई काठमाडौ बोलाएका थियौ । तिमी अर्कै भैदियौ । तिमिलाई थाहा छ त उनिहरु हाम्रो नातेदार हुन । बहिनी हामी तिम्रो हात सरोजलाई दिन सक्दैनौ ` म रुन थाले ।

´सरोज राम्रो त छ तर के गरौ सरोजकी आमा मुकुन्दको बुवालाई भाईटिका लगाउछिन । फुपुको छोरा हो सरोज । भाइ हो उ हाम्रो ।`

दाईले म रोइरहेको थाहा पाउनु भएछ साहेद ´दिब्या आफुलाई सम्हाल अब आइन्दा सरोजलाई दाइ भन । अनि सुन अरु सब्बैले तिमिहरुमाथी जुन सङ्का गरेका छन त्यो झुट हो भन्ने प्रमाणित गर्न यो तिहारमा तिमीहरु भाइटिका लगाउने छौ `

मैले रुदै फोन काटिदिए । कसरी भनौ सरोजलाई दाइ । आफुले आफुलाई सम्हाल्नै गारो भयो । यो सपना भैदिए पनि हुने नि भन्ने भयो । तर त्यो सपना थिएन बिपना नै थियो । मलाई निक्कै नै छट्पटी भयो । दाईको फोन आइरहेको थियो मैले रिसिभ गर्नै सकिन ।

साझ तिर सरोजको फोन आयो । रिसिभ गर्ने बित्तिकै म रुन थाले ।´दिब्या नरोउ न म बुझ्छु तिमिलाई । तर हामिले फ्याम्लिले भनेको मान्नै पर्छ । हामिले गल्ती गरेकै हौ । स्विकार्नु पर्छ हामिले हाम्रो गल्तिलाई ।`म रुनुको कारण मैले भन्दै नभनेनी थाहा पायो उस्ले ।

मैले रिसाएर रुदै भने ´हाम्रो गल्ती छैन ! हामी बिचको यो नाता कसरी सम्भब नहुन सक्छ ? मुकुन्द दाइ हाम्रो अङ्कलको छोरा हुन । हजुरको आमा र उहाको बुवा साक्खै दाजु बहिनी पनि त होइन `

´भाइटिका लगाएपछि साक्खै जस्तो भैहाल्यो नि । मलाई तिम्रो दाईले एक महिना अघिनै भन्नू भएको हो त्यसैले फोन कम गर्थे तिमिले भेटौ भेटौ भनिरहदा पनि भेट्नै सकिन फेरि तिम्रो इक्जाम पनि आइरहेको थियो । तिम्रो दाइले पनि इक्जाम सकिएपछि भनम्ला अहिले केही नभन भन्नू भयो ।`

म रुदै थिए मात्र ´मैले हजुरलाई आठ कक्षामा पढ्दा देखि नै माया गर्न थालेकी हु । हजुर सुर्खेत आउदा मलाई कत्ती पीडा भएको थियो । म कति धेरै रोएकि थिए । हजुर सङ्ग भेट हुन्छ भन्ने आसै आसमा त मैले तीन बर्ष काटेकी हु । अहिले दुई बर्ष सम्म हामी बिच यति धेरै कुरा भयो । हामि कति धेरै भेट्यौ मलाई हजुरको लत लागि सकेको छ । म भाइटिका लगाउन सक्दिन । म सक्दिन हजुर लाई दाइ मान्न ` साहेद सरोज पनि रुदै थियो त्यसैले त उ केही बोलेन । म बुझ्थे गारो उस्लाई पनि भैरहेको छ भन्ने ।

राती अबेर सम्म रितु भाउजू ले मलाई सम्झाउनु भयो । मैले जिद्दी गर्नसकेको सरोज सङ्गै त हो अरु सङ्ग त चुपचाप हस भन्नू पर्थ्यो ।

त्यो दिन देखि सरोज र म न त फोनमा बोल्यौ न त भेट्यौ । देखेका सपनाहरुको याद आउथ्यो सरोजको याद आउथ्यो अनि बेस्सरी दुख्थ्यो छाती । मनको घाउ न उपचार गरेर निको हुन्थ्यो न त औषधि खाएर जब घाउ पोल्न थाल्थ्यो । बेस्सरी छट्पटी हुन्थ्यो । चिच्याइ चिच्याइ रुन मन लाग्थ्यो।

दाइ काठमाडौ आउनु भयो । बर्ष भरी पढेकी थियिन एक महिना अघिदेखी मात्र परिक्षाको तयारी गर्न थालेकी थिए । एका तिर पढाइको प्रेसर अर्कोतिर सरोज बिनाको मेरो जिवन म निकै दुब्लाएकी थिए । एक्लै हुदा रुन्थे जतिबेला पनि टोलाइरहन्थे । दाईले रोइरहेको धेरै चोटि देख्नु भएको थियो ।

एकदिन भन्नू भयो ´मेरो स्कुलमा अकाउन्टेन्ट खोजिरहेको छ तिमी गर्ने भए म कुरा गरिदिन्छु ।`

दाइ तिर हेरे मात्र

फेरि भन्नू भयो ´दिन भरी घरमा एक्लै हुन्छेउ मनमा धेरै कुरा खेल्छ तेसैले बिजि भएकै राम्रो । `

दाइ एउटा प्राइभेट स्कुलमा पढाउनु हुन्छ म पनि तेहि स्कुलको अकाउन्टेन्ट भए ।

राती अबेरसम्म निद लाग्दैन थियो १० बजे भन्दा उता त झन टाउको बेस्सरी दुख्थ्यो । मैले आयुर्बेद दबाई खान थालेकी थिए । टाउको दुख्नु,मानसिक तनाब, सारिरिक कमजोरी खोलमा यस्तै के के हो के के लेखेको थियो तर त्यो सब खोलमा मात्र सिमित थियो । म निको हुनै सकिरहेकी थियिन । दुइचार दिन खाएर निको पनि कहाँ हुन्छ र ।