यस्तो छ आजको राशिफल

मेष : दिन मध्यम रहनेछ । मानसिक चिन्ताले सताउन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । शरीर अस्वस्थ रहन सक्नेछ ।

वृष : दिन सावधानयोग्य रहनेछ । मन डराउनसक्छ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । अतिरिक्त खर्च बढ्नेछ । हरेक कामप्रति चनाखो हुनु पर्नेछ ।

मिथुन : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । बौद्धिक तथा रचनात्मक काम हुनेछ । यश, कीर्ति मिल्नेछ । दायित्व थपिनेछ ।

कर्कट : दिन मध्यम रहनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । खानपानका परिकारमा अत्यन्त ध्यान दिनुपर्ने देखिन्छ । नयाँ योजनाको काम हुनेछैन ।

सिंह : दिन भाग्योदयकारक रहनेछ । आँटेको काम सजिलै सम्पन्न हुनेछ । अध्ययन अनुसन्धानका क्षेत्रमा रूचि बढ्नेछ महŒवपूर्ण काम गरिनेछ ।

कन्या : दिन नितान्त प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । खर्चको मात्रा बढ्नेछ । हरेक कामप्रति संयम रहनु बेस हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बुद्धिमानी हुनेछ ।

तुला : दिन उत्तम रहनेछ । आय आर्जनमा वृद्धि हुनेछ । मनोबल उच्च रहनेछ । आत्मोन्नतिकारक कामहरू हुनेछन् । नवीन आयस्रोत जुट्नेछ । मन रमाउनेछ ।

वृश्चिक : दिन सार्थक रहनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । दीर्घकालीन कार्ययोजना तय गरिनेछ । उत्कृष्ट सत्कार मिल्नेछ । मनमा सन्तोष हुनेछ ।

धनु : दिन खासै राम्रो छैन । आटेको काममा व्यवधान आउनसक्छ । धार्मिक क्षेत्रमा रूचि घट्नेछ । नियतिम कामलाई निरन्तरता दिनु बेस हुनेछ ।

मकर : दिन प्रतिकूल रहनेछ । मुख्य काम बन्न कठिन हुनेछ । मनमा डर, त्रासले जरा गाड्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

कुम्भ : दिन अत्युत्तम रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ । प्रेम प्रसङ्क चल्नेछ । व्यापार व्यवसाय बढ्नेछ ।

मीन : दिन उचित रहनेछ । आत्मबल वृद्धि हुनेछ । शुभ समाचारले मन प्रसन्न रहनेछ । शत्रु पराजित हुनेछन् । आटेको काम बन्नेछ । दीर्घकालीन कामको सोच हुनेछ ।