सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

खेलाडीहरुको प्रदर्शन असाधारण

काठमाडौं,सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदकको घोषणा गरेका हुन् ।


१३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख, रजत विजेता खेलाडीलाई जनही ६ लाख र कास्य विजेता खेलाडीले जनही ३ लाख रुपैयाँ पाउने भएका हुन् । सागमा नेपालले नेपालले ५१ स्वर्ण पदक जित्दा, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक हात पारेको छ ।

खेलाडीहरुको प्रदर्शन असाधारण

ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुको प्रदर्शन असाधारण रहेको बताए । नेपालले यसअघि हासिल गरेका उपलब्धिमा तेह्रौं सागमा रेकर्ड तोडेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई पनि दिए। ५० वटा खेलमा सामेल हुने हैसियत नभएका ठाउँबाट आज देशलाई ५१ वटा स्वर्ण पदक दिलाउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सानो उपलब्धि होइन। अब हामीले यसलाई थालनी मानेर खेलकूदमा नयाँ उपलब्धिहरु हासिल गर्दै जानु पर्नेछ।’