१३औं सागः भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडाैँ, १३औं सागको मंगलबार भएकाे फुटबलकाे उपाधि नेपालले जितेकाे छ । २-१ गोल अन्तरले भुटानलाई पराजित गर्दै नेपाल विजयी भएको हो ।

नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए । उता भुटानका लागि चेन्चो ग्याल्सेनले गोल गरेका थिए ।

रिजालले पहिलो हाफमा गोल गर्दै खेललाई अग्रता दिलाएका थिए भने त्यसको केही समयपछि भुटानले गोल फर्काएको थियो । दोस्रो हाफमा नेपालका लागि सुनिलले एक गोल थपेका थिए । उनकाे गाेल नै निर्णायक गाेल बन्याे ।