१३औँ साग : २० वर्षपछि नेपाललाई बक्सिङमा स्वर्ण

मिनुले रचिन् पहिलो कीर्तिमान

काठमाडौं,नेपालले २० वर्षपछि बक्सिङबाट स्वर्ण पदक जित्‍न सफल भएको छ। लामो सयमको प्रतीक्षापछि बक्सिङबाट स्वर्ण जितेको हो। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि बक्सिङबाट मिनु गुरुङले स्वर्ण पदक जितेकी हुन्। सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको ५४ केजीतर्फको प्रतिस्पर्धामा मिनु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी हुन्।

मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण पदक जितेकी हुन्। महिला ४८ केजीमा भने ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै रजतमा सीमित भइन्। सन् १९९९ को आठौं सागपछि नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो।

मिनुले १२ औं सागमा कास्य पदक जितेकी थिइन्। स्वर्ण जितेपछि आफ्नो मेहनत र प्रशिक्षणहरुको उत्कृष्ट प्रशिक्षणले यो सम्भव भएको उनले बताएकी छन्।

ललिताले यसअघि श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। बक्सिङमा सोमबार ८ र अन्तिम दिन मंगलबार ८ वटा फाइनल खेल हुँदैछन्