भारतमा बलात्कारका चार अभियुक्तलाई गोली हानेर मारियो

यस्तो थियो घटना

भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले (शुक्रबार) बिहान गोली हानेर मारेको छ।

प्रहरीले हैदराबादबाट ५० किलोमिटर टाढा महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर गर्दा चारै जना मारिएका भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। तेलंगना प्रहरीका एडीजी जीतेन्द्रले आज बिहान तीन बजे चारै अभियुक्तको मुठभेडमा मृत्यू भएको बताएका छन् । चारै जना अभियुक्तलाई बुधबार प्रहरी हिरासतमा सुम्पिएको थियो । गएराति चारै अभियुक्तलाई बलात्कारपछि हत्या गरिएकी डाक्टरको शब भेटिएको स्थानमा लगिएको थियो । सो स्थानमा घटनाको दृश्य रिक्रिएट गर्ने क्रममा प्रहरीमाथि नै हमलाको कोशिस गरेपछि प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको बताइएको छ । २८ नोभेम्बरमा २७ वर्षीया पशु चिकित्सकको शव जलेको अवस्थामा भेटिएको थियो ।

जाँचका क्रममा बलात्कारपछि हत्या गरेर शब समेत जलाएको पत्ता लागेको थियो । घटनापछि पक्राउ परेका उनीहरुलाई अनुसन्धानकाे क्रममा १४ दिनका लागि हिरासतमा पठाइएको थियो

यस्तो थियो घटना

हैदरावादको शादनगरकी २६ वर्षीया पशु चिकित्सक पोतुला प्रियंका रेड्डी गत साताको बुधबार अस्पतालबाट घर फर्किँदै थिइन्। उनी जाँदै गरेकी स्कुटरको टायर पन्चर भयो। त्यसपछि उनले स्कुटर नजिकैको एउटा प्लाजामा छाडेर घर फर्किने निर्णय गरिन्।

रातको ९ बजिसकेको थियो। उनलाई डर लागिरहेको थियो। यत्तिकैमा एक जना ट्रक चालक आएर म स्कुटर ब बनाउन सहयोग गर्छु भन्यो। उनले इन्कार गरिन्। तैपनि त्यो ट्रक चालकले पिछा गरिरह्यो।

यो कुरा उनले आफ्नी बहिनीलाई फोनमा जानकारी गराइरहेकी थिइन्। तर एकछिनपछि ती चित्सिक महिलाको फोन स्वीच अफ भयो। उनी हराइन्। छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे।

प्रहरीले खोजी थाल्यो। रातभरि केही पत्ता लागेन। बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए। प्रहरी घटनास्थलमा पुग्यो। त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो।

प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। त्यसपछि बलात्कारीलाई फासीको सजाय हुनु पर्ने भन्दै हैदरावादमा दिन्दिनै प्रदर्शन भइरहेका थिए।