१३ औं सागः पौडीमा भारतीय खेलाडीलाई हराउँदै गौरिकाले जितिन् स्वर्ण

काठमाडौँ, दक्षिण एसियाली खेलकुद सागमा गोरीकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन ।सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले स्वर्ण जितीन । उनले ब्यक्तिगत २०० मिटर फ्रिस्टाइल भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन ।

उनले निर्धारीत दुरी दुई मिनेट शुन्य पाँच दशमलव शुन्य  सेकेण्डमा पुरा गरिन । दोस्रो स्थानमा भारतकी सिंवागी शर्मा रहिन । उनले दुई मिनेट ०७ दशमलव १९ सेकेण्डमा दुरी पुरा गरिन ।