१० हजार मिटर दौडमा सन्तोषीले दिलाइन् स्वर्ण पदक

काठमाडौँ । जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत मङ्गलबार भएको महिलातर्फको दौड प्रतियोगितामा नेपालले स्वर्ण पदक पाएको छ ।

दश हजार मिटर लामो दौड प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा निर्धारित दुरी पार गरेर ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् ।

सन्तोषीले एक मिलिसेकेण्डले भारतकी कविता यादालाई पछि पारेकी हुन् । यादाले ३५ मिनेट ७९ दशमलव ५ सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन् ।