मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार

यस्ताे छ जाने प्रकिया

काठमाडौं,नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो।

क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१ हजार भन्दा धेरै नेपाली कामदार माग गरेको जानकारी गराएको छ।

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्लान्टेसनका लागि १३ सय ९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार माग गरेको हो।

यस्ताे छ जाने प्रकिया