नेपालगञ्जको गणेशपुरमा एक युवकको शवं फेलाः हत्या गरिएको आशंका

घटनास्थलमा प्रहरी

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवकको शवं फेला परेको छ । कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

शाहीको हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शवं कुहिएको अवस्था रहेको बताइएको छ । स्थानीयबासीले भने उनको कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरेका छन् ।