पचालझरना वडा नं ४ का बिपन्नलाई राहत बितरण

बडा अध्यक्ष रोकायले गरे हस्तान्तरण

कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिका वडा नं ४ का विपन्न बर्गलाई राहत वितरण गरेको छ।गाउँपालिकाको वडां नं. ४ का स्थानिय विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

स्थानिय बिउरी बिक र फुल्टाउरा बिकलाई जनही १५ हजारका दरले र पुरानन्द न्यौपानेलाई २८ हजार राहत वितण गरिएको वडा अध्यक्ष अनरूप रोकायले जानकारी दिए ।
विपन्न परिवारलाई राहत हस्तान्तरण वडा अध्यक्ष अनरुप रोकायाले गरेका थिए । अध्यक्ष रोकायले राहत हस्तान्तरण गर्दै वडाको दुखसुखमा आफू निरन्तर साथमा रहने बताए ।