नेकपा ३० स्थानमा र काँग्रेस १३ स्थानमा विजयी, ९ स्थानमा, अन्य क-कस्ले जिते ? (नामावलीसहित)

हेर्नुहोस यस्तो छ नामावली

काठमाडौँ, शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्दा अन्य पार्टीले ९ स्थानमा विजय हासिल गरेका छन् ।

नतिजाअनुसार बागलुङ निर्वाचन क्षेत्र नं २ ९२० मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपाले जनमोर्चालाई सो वडामा समर्थन गर्ने निर्णय गरेपछि भीमेश्वर घर्ती मगरले बागी उम्मेदवारी दिएका थिए र उनी नै विजयी भए ।

यस्तै समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने ३ राजपाले स्थानमा विजय हासिल गरेको छ ।

यस्तो छ नामावली