फुकोट हाइड्रोपावरले समृद्ध कालिकोटको सपना पूरा गर्छ : उर्जामन्त्रि पुन

कालिकोट, उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन (अनन्त)ले फुकोट हाइड्रोपावरले समृद्ध कालिकोटको सपना पूरा हने बताएका छन । उर्जामन्त्रि पुनले कालिकोटबासीको सपना पूरा फुकोट हाइड्रोपावरले गर्ने बताएका हुन । फुकोट कर्णाली हाइड्रोपावर प्रभावित क्षेत्रका जनसमुदायसँग मन्त्री भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । रास्कोट नगरपालिकाको सान्तीघाटमा भएको कार्यक्रममा वोल्दै मन्त्री पुनले अव कालीकोटको समृद्धी फुकोट कर्णाली हाइड्रोपावरले दिने बताए ।

साथै, उनले प्रभावित क्षेत्रका नागरीकहरुलाई सहि ढंगले मुअव्जा दिएर फुकोट कर्णाली हाइड्रोपावर निर्माण तत्काल सुचारु गर्न आग्रह गरे । प्रभावित क्षेत्रका जग्गाधनीलाई सहि तरिकाले मुअव्जा वितरण गर्ने र प्रभावित क्षेत्रका नागरिकहरुले हाइड्रोपावर निर्माणका लागि सहयोग गर्न समेत आग्रह गरे ।

मन्त्री पुनले यो हाइड्रोपावर निर्माण भएपछि कालीकोटका मात्र नभएर कर्णाली प्रदेसका प्रतेक घरमा विजुली बत्ती बल्ने बताए । यसले कर्णाली प्रदेसको मात्र नभएर देसको समृद्धीमा समेत ठुलो योगदान गर्ने बताए ।
फुकोट कर्णाली हाइड्रोपावर निर्माण गर्नका लागि कालीकोटका आम नागरिकहरुले सहयोग गर्न र कालीकोटको समृद्धीको ढोका खोल्नका लागी पनि तत्पर हुनु पर्ने बताए ।

उनले हाइड्रोपावर निर्माण भएपछि यसको सेयर लगानी वाट नै कालीकोटका जनता गरिवको पींजडा वाट उम्कने बताए । गरिवको पींजडामा वाधीयका कालीकोटका जनता अव यो हाइड्रोपावरको सेयर लागानीवाट वाहीर निस्कने दावि गरे।

कार्यक्रमका विशेष अतिथी समेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशको आर्थीक बृद्धीदर ६ प्रतीशतले बढ्दै गएको बताए । कर्णालीको विकाश र समृद्धीका लागि काठमाडौँ बसेर नहुने बताउदै कर्णालीको विकाश र समृद्धीको लागि कर्णालीको पाखा पखेराको सुनलाई ब्यबस्थीत गर्नुपर्ने बताए ।

साथै, कर्णाली बासी गरिविको चपेटामा पर्नु पर्ने दिनको अन्त्य भएको समेत बताए ।

फुकोट कर्णाली हाइड्रोपावर निर्माण सम्पन्न भए लगत्तै कालीकोट लगाएत कर्णाली प्रदेसका हरेक नागरिकहरुको घर झीलीमील्ली हुने र अब लाल्टीन वालेर वस्ने दिनको अन्त्य भएको बताए । फुकोट कर्णाली हाइड्रोपावर निर्माण गर्नको लागि कर्णाली प्रदेश सरकारले आवस्यक सहयोग गर्न तयार रहेको बताउदै निर्माण कार्य समयमै सम्पन्न गर्न समेत आग्रह गरे ।