दाङमा नेकपाकी विमला वली विजयी

दाङ,दाङ, निर्वाचन क्षेत्र नं। ३ (ख) मा प्रदेशसभा सदस्यका भएको उपनिर्वाचनमा (नेकपा) की उम्मेदवार विमला वली विजयी भएकी छन्। विमलाले ५ हजार १०४ मतान्तरले काग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएकी हुन्।

उनले २४ हजार २८६ मत ल्याएर नेपाली काग्रेसका उम्मेदवार केशवराज आचार्यलाई पछि पार्दै विजयी भएकी हुन्। नेपाली काग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याए। जिल्ला समन्वय समितीको हलमा आइतवार विहान साढे ८ बजेदेखी शुरु मतगणना करिब राती १२ बजे तिर सकिएको थियो।

यस क्षेत्रमा कुल मतदाता ६८ हजार ७१९ मतदाता थिए, भने ४५ हजार ७१८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यसैगरी यस निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १,२,१० र ११ शान्तिनगर गाउँपालिका, दंगिशरण गाउँपालिका र बबई गाउँपालिकाका मतदाताहरुले मतदान गरेका थिए।

प्रदेश सभा सदस्यको लागी १२ दल र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। त्यसैगरी २०७४ सालमा भएको निर्वाचनमा स्वर्गीय उत्तरकुमार वलीले बाम गठबन्धनको तर्फबाट विजयी भएका थिए।