प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेस बिजयी

चितवन,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ । चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको हाे ।

भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै खैरहनी नगरपालिका ४ मा पनि कांग्रेसकै देब बहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।

खैरहनी ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छन् । नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।