अहिलेको गुणात्मक परिवर्तन जनयुद्धको उपज – मुख्यमन्त्री शाही

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले समाजमा देखिएको गुणात्मक रुपान्तरण जनयुद्धले ल्याएको बताएका छन । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको प्रथम दलित संसदको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले समाजमा देखिने सवै खाले विभेदको अन्त्यका लागि जनयुद्धको भुमिका महत्वपुर्ण रहेको दावी गरे ।

मुख्यमन्त्री शाहीले संघीयताको अभ्यासवाट सामाजिक विभेदको अन्त्य हुने विश्वास व्यक्त गरे । शाहीले संघीयताको अभ्यासले दलित, महिला, जनजाति तथा सिमान्तकृत समुदायको राज्यसंचालनमा सहभागिता वृद्धि भएको, नेतृत्व क्षमताको विकास भएको बताए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जातीय विभेद लगायत सवै खाले सामाजिक विभेद अन्त्यका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । ‘कुराले मात्रै सामाजिक विभेद अन्त्य हुने होईन’ प्रदेश सरकार सवैखाले सामाजिक विभेद अन्त्यका लागि व्यवहारिक रुपमै लागेको वताउदै मुख्यमन्त्री शाहीले भने–‘आवश्यक वजेट सहित ठोस कार्यक्रम प्रदेश सरकारले अगाडि वढाएको छ ।’