जेट विमान उड्न मिल्ने विमानस्थल बन्दै नेपालगञ्ज विमानस्थल

२० वर्षे गुरुयोजना तयार

काठमाडौं, नेपालगञ्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ ।विमानस्थलबाट सबै प्रकारका अन्तर्रा्ष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । ठूला बोइङ र जेट विमानसमेत उड्न मिल्ने गरी अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा आइसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

चार चरणमा तयार गरिने सो विमानस्थलको निर्माणका लागि साढे १२ अर्ब रुपियाँ खर्च हुनेभएको छ । सबै चरणका काम अन्तरसम्बन्धित भएकाले एकैसाथ सुरु गरिएका छन् । निर्धा्रित समयमा विमानस्थल तयार गर्ने लक्ष्य छ, प्रमुख ठाकुरले भने ।