माफियाको कब्जामा ५०० बिघा सरकारी जग्गा

काठमाण्डौँ, सार्वजनिक तथा गुठी जग्गा संरक्षण तथा जाँचबुझ आयोगले देशभर करिब ५०० बिघा र ६ रोपनी सरकारी जग्गा भूमाफिया र व्यक्तिले हडपेको निष्कर्ष निकालेको छ ।

६ महिनाअघि गठित उक्त आयोगले व्यक्तिले हडपेको सरकारी जग्गा पुनः सरकारकै स्वामित्वमा ल्याउन सिफारिस गरेको छ । जग्गा हडप्ने व्यक्तिलाई कारबाही गर्न आयोगले सरकारलाई आग्रह समेत गरेको छ ।

प्रतिवेदनमा सरकारी जग्गा हडप्ने भूमाफियाको विस्तृत विवरणसमेत खुलाइएको छ । त्यस्तै सरकारी जग्गा व्यक्तिका नाममा बनाउन सहयोग गर्ने कर्मचारी तथा अन्य व्यक्तिलाई पनि कारबाही गर्न आयोगले सिफारिस गरेको छ । आजको यो समचार नागरिक दैनिकका छापिएको छ ।