२ लाख ५० हजार घुससहित इन्जिनियर पक्राउ

धनगढी,शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर घुससहित पक्राउ परेका छन्।

शहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत इन्जिनियर त्रिलोक जोशी पक्राउ परेका हुन्। दुई लाख पचास हजार घुससहित उनी पक्राउ परेको बताइएको छ।

कैलालीकै टीकापुर नगरपालिका(९ घर भएका जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले शुक्रबार अपरान्ह पक्राउ गरेको हो।