सिद्धबाबालाई बलात्कार अभियोगमा पक्राउ पुर्जी

काठमाडौँ । शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्याल्य सुनसरीका अनुसार अदालतले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।

सिद्धबाबा भनिने गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको सुनसरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए । गत कात्तिक ४ मा सिद्धबाबा भनिने गिरीमाथि एक बालिकाले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन् ।