महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ ।

ठाकुरले नाथुराम गोडेसलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा उनले सो अभिव्यक्ति दिएकी थिइन् ।

संसदको तल्लो सदनको छलफलका क्रममा उनलाई बुधबार गोडसेलाई देशभक्त भनेकी थिइन् । एजेन्सीलाई उदृत गर्दै राजधानी दैनिकमा खबर छ ।