प्रहरी निरिक्षक साह ९० हजार घुससहित रंगेहात पक्राउ

धनुषा । धनुषाबाट एक प्रहरी अधिकारी रंगेहात पक्राउ गरेका छन् । नेपाल प्रहरीका प्रहरी निरिक्षक रामकिशोर साह ९० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेका हुन् ।

शुक्रबार जनकपुरस्थित एक होटेलबाट अख्तियार दुरुपपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार ९० हजार घुस रकमसहित प्रहरी निरिक्षक रामकिशोर साहलाई रंगेहात पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरिक्षक साहलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ बाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरिक्षक साहले ठगी सम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै उनी जनकपुरमा घुसको रकम लिन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।