कम्युनिष्ट भित्रको आन्तरिक दन्द्वले देशलाई पुग्ने असर

पछिल्ला घटनाक्रम हेर्दा युवापंक्तिमा चरम निराशा देखिन्छ । अझत एकतापछि उत्साह हुनुपर्नेमा पार्टी पंक्ति र आम कार्यकर्तामा अन्यौलता छाईरहेको छ । नेताहरूको पदपूर्ति र लुछाचुडिले आम सर्बसाधरणमा चरम निराशा छाएको हाे । दुई तिहाईको सरकार देशकै ठुलो कम्युनिष्ट पार्टी गणतन्त्रीक नेपाल ,नयाँ संबिधान, नयाँ सत्ता उत्साहजनक बिकासले गति लिनेबेला चौतर्फी अन्यौलता र पिडा हुनुले मुलुक कता जादैछ भन्ने कुराको प्रश्न बाचक चिन्ह खडा भैरहेको छ ।

जताततै आन्तरिक द्वन्द र एक अर्काको कलह ले चर्चा लिएको छ । यसो त सबै नेकपाका नेता, कार्यकर्ता र पार्टीलाई नै ढुलो धक्का र चुनौतीको बिषय हो भनेर बुझ्नुपर्छ । मंसिर १४ मा उपनिर्वाचन हुदैछ । यो आन्तरिक दन्द्व र कलहले न त यो उपनिर्वाचनमा फाईदा हुन्छ न त आगामी कम्युनिस्ट राजनीतिमा गतिलो बाटो तय हुन्छ । बेलैमा यो आन्तरिक द्वन्द नसुल्झाए आगामी राजनीति यात्रा निकै धरापमा पर्ने देखिन्छ ।

त्यसो त हामी राजनीति र कम्युनिस्ट बिचारधारा अहिले निकै धरापमा परिरहेको अबस्थामा छ किन बुझिरहेका छैनौं । भनिन्छ कार्यान्वयन बिना दर्शन केवल भ्रम मात्र हो। सिंगो नेकपा पार्टी, र पार्टी एकताको बिषयमा गहन छलफलपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएर केन्द्रिय नेतृत्व पन्छिएको थियो ।

त्यसपछि जिल्ला कमिटी र गाउँ कमिटीको दर्जा दिन जिल्ला नेतृत्वलाई हम्मेहम्मे भएको सर्बबिधितै छ । यो हम्मेहम्मे हुनुको प्रमुख कारण हो,पुर्ब एमाले , पुर्ब माओवादी, त्यही माओवादी कताबाट आएको हो त्यसमा पनि बैध्य पक्ष कि बादल पक्ष कि प्रचण्ड र केपि,माधब,झलनाथ , बामदेब, यी सबै कुराले बनेको जिल्ला कमिटी र गाउँ कमिटी पनि अहिले असन्तुष्ट बनेको छ ।

बिशेसगरी अहिले जिल्ला सचिवालयको टुंगो लाग्दै गर्दा यो आन्तरिक द्वन्द फैलिएको बुझिन्छ । नेपाल कम्युनिस्ट पार्टी र चीनिया कम्युनिस्ट पार्टी अहिले आन्तरिक समर्थन र निकै सुखदपुर्ण अबस्थामा एकाअर्काको सारथि नबनेको भए अझ यो पार्टी एकता अर्थ न ब्यर्थ हुन्थ्यो भन्ने टिप्पणी नेपालका लागि पुर्ब भारतिय राजदूत रञ्जित रेले एक अन्तरबार्तामा कुरा उठाएको अनलाइन खबर मा खबर पनि छापिएको छ । अत कम्युनिस्ट बिचारधारा बोकेका कमरेड हरुले के बुझ्न जरुरी देख्छु भने, विश्वबाट साम्यवादी राजनैतिक व्यवस्था अस्वीकृत हुनुमा आन्तरिक द्वन्द र कलहले असन्तुष्ट बिचार व्यक्त गर्नु हो ।

निकट कमरेडहरुबाटै आफ्ना कार्यकर्ता माथि प्रहार हुनु । बिश्वास नगर्नु ,अब्बल निर्णयमामा तदारुकता नदेखाउनु, अडान नराख्नु, बाह्य पक्षबाट डराउनु हो । भन्न त यो सनातनी चरित्र साम्यवाद अर्थात् मार्क्सवाद, अर्थात् माओवादू सबैभन्दा बैज्ञानिक तथा उत्कृष्ट प्रणाली हो । भन्ने दम्भका कारण मान्छेको बहुल स्वभाव र चाहनालाई तिरस्कृत गर्नु हो भन्ने गर्छन तर नेपालमा लागू भएको त्यति देखिदैन ।

आज कुनै पनि साम्यवादीले बैज्ञानिक साम्यवादू विश्वबाट किन अस्वीकृत भयो ? भन्ने जवाफ दिन सक्दैनन् ।  उनीहरूको सबैभन्दा ठूलो भूल मार्क्सवादलाई निर्बिरोध विज्ञानूका रूपमा विश्वास गर्नु हो ।  विश्वबाट साम्यवादी राज्यसत्ताहरू क्रमशः लोप हुनथालेपछि वामपन्थी चरित्र लोकल-चरित्र स्वीकार्न बाध्य भएको हो भन्ने पनि बुझिन्छ ।  नेपालका वामपन्थी नेपाली चरित्रको वामपन्थ किन भन्न थालिएको छ भने , असल कार्यकर्तालाई आफ्नै पार्टीबाट हेपिएको छ ।

योगदानको हिसाबले जनयुद्ध लडेर आधा ज्यान गुमेको देखिन्छ । तर पनि पार्टी पंतिबाटै पछाडि परिएको छ । जस्तो कि पुर्ब माओवादी लडाकु राज्य कमिटी सदस्य भएपनि अहिले गाउँ कमिटी सदस्यसम्म नअटाउनु ,यो कस्तो बिडम्बना छ ।

कि नेल्सन मण्डेलाले भनेजस्तो मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ, भनेजस्तो पनि देखिदैन कम्युनिस्ट भित्र । हामिले सर्वसाधारणले चाहेको तत्कालको साम्यवाद भनेको सबैका लागि काम, रोटी, पानी र नुन रोजगार होस् भन्ने चाहाना मात्र हो । किन चाहियो खिचातानी । 

पलाँता गाउँपालिका कालिकोट ।