यस्तो छ तपाँइको आजको राशिफल

२०७६, मंसिर ११ गते बुधबार

मेष :

दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । मन खिन्न हुन सक्छ ।

वृष :

दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

मिथुन :

दिन उत्तम खलको रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । आत्मबल बढ्नेछ ।

कर्कट :

दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । स्वास्थ्य पनि निकै कमजोर रहन सक्नेछ । धैर्य गर्नु नै बुद्धिमानी हुनेछ ।

सिंह :

दिन प्रतिकूल रहनेछ । मनमा डर त्रासले जरा गाड्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ ।

कन्या :

दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

तुला :

दिन मध्यम रहनेछ । आर्थिक र मौखिक पक्ष निकै कमजोर रहन सक्नेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । शरीर शिथिल हुनेछ ।

वृश्चिक :

दिन भाग्योदयकारक रहनेछ । पढाइ लेखाइमा गति थपिनेछ । उच्चस्तरीय कार्यव्रmमको तर्जुमा गरिनेछ । मन प्रसन्न हुनेछ ।

धनु :

दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । स्वास्थ्य कमजोर हुनेछ ।

मकर :

दिन उत्तम रहनेछ । आयआर्जनको नयाँ स्रोत खुल्नेछ । मुख्य काम हात लाग्नेछ । मनमा शान्ति मिल्नेछ । विद्यामा प्रगति हुनेछ ।

कुम्भ :

दिन अनुकूल रहनेछ । मानसम्मान, पदप्रतिष्ठा प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । जाँगर बढ्नेछ । दर्घकालीन कार्ययोजना बन्नेछ ।

मीन :

दिन मध्यम खालको रहनेछ । आध्यात्मिक क्षेत्र रुचि निकै कम हुने देखिन्छ । शरीर पनि अस्वस्थ रहनेछ । धैर्य गर्नुपर्नेछ ।