मिर्गौला पछि प्रधानमन्त्री ओलीलाई पेटमा पनि समस्या

भेन्टिलेटरमा राखेर उपचार जारी

काठमाडाैँ,मृर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटमा पनि समस्या भएको छ । अचानक पेटमा संक्रमण फैलिएपछि मंगलवार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ । बुधवार विहान थप स्वास्थ्य परीक्षण गरेपनि मात्रै उनको अवस्थाबारे यकिन जानकारी दिन सक्ने डाक्टरहरूले बताएका छन् ।

आइतवार डायलाइसिस गरेका प्रधानमन्त्री ओली सोमवार दिनभरी नै व्यस्त थिए । सम्पूर्ण मन्त्रालयको चौमासिक प्रगति समीक्षा गर्ने एजेण्डामा अपराह्न ४ बजे शुरू भएको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको थियो ।

प्रधानमन्त्रीले बैठकमा सक्रिय सहभागिता जनाउँदै आयोजना चाँडै नसक्ने ठेकेदारलाई थप ठेक्का नदिन, कृषि अनुदानका नाममा बाँडिएको रकमको विवरण १५ दिनभित्र ल्याउन, युवा ूवरोजगारको नाममा भएको खर्चको विवरण १५ दिनभित्र ल्याउन, काठमाडौंका खाल्डा फागुनसम्म पुर्न निर्देशन दिएका थिए ।

अहिले घोडा एकातिर, बग्गी अर्कोतिर भएको भन्दै चिन्ता व्यक्त गर्दै ओलीले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिचालन गर्न सरकारी संयन्त्रलाई कडा निर्देशन दिएका थिए । नयाँ पत्रिकामा खबर छ ।