शुल्क फिर्ता गर्न अटेर गर्ने कलेज संचालकलाई पक्राउ गर्ने सरकारको तयारी

काठमाडौँ, सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजका संचालकहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको वैठकले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गर्ने मेडिकल कलेजका संचालकहरुलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, महान्याधिवक्ता अग्नि खरेल, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल सहित बसेको वैठकले मेडिकल कलेज संचालकहरुसँग शुल्क फिर्ताको लागि अन्तिम वार्ता गर्ने र नमानेको खण्डमा कारवाही गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको वैठकले मेडिकल संचालकहरुलाई अतिरिक्त शुल्क फिर्ताको लागि २४ घण्टे अल्टिमेटम दिएको थियो । तर, मेडिकल सञ्चालकहरुले भने पुरै रकम फिर्ता गर्न नसक्ने अडान लिएका छन् । शिक्षामन्त्री पोखरेलले मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी रकम लिएर मनोमानी गरेको भन्दै कलेज संचालकहरुलाई तत्काल रकम फिर्ताका लागि चेतावनी समेत दिएका थिए ।