त्यो रात दिल्लीको अँध्यारो कोठामा …

काठमाडौं । सिन्धुलीको २५ वर्षीया लक्ष्मी (नाम परिवर्त) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए । उनले भने, भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु ।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति लक्ष्मीलाई विश्वास लाग्यो ।

खर्च अभावले दैनिकी घान्न मुस्किल परिरहेका बेला केही त होला नि भन्दै उनी भारत जान मञ्जुर भइन् । उनलाई भारतमा जागिर खान जान विश्वस्त पार्ने ती व्यक्ति थिए सिन्धुलीकै राम बस्नेत ।

बस्नेतकै साथी सुरज थापाले पनि लक्ष्मीलाई सम्झाइबुझाइ गरेका थिए । उनीहरु बेलाबेलामा लक्ष्मीको घरमा आइरहन्थे र भारत गएर रोजगारी गरे राम्रो हुने कुरा गरिरहन्थे । लक्ष्मीले स्वीकृति जनाएपछि हिँड्ने मिति तय भयो । चैतमा उनीहरुबीच निजी गाडीमा वीरगन्जसम्म गई त्यहाँबाट बसमा जाने सल्लाह भएको थियो । सोही सल्लाहमुताबिक वीरगन्ज पुगेपछि उनीहरुले भारतको दिल्लीका लागि बसको टिकट काटे ।

लक्ष्मीलाई जागिर लगाइदिन्छु भन्ने रामले वीरगन्जमा पुगेपछि अर्को एकजना साथी पनि भेटाइदिने कुरा गरे । सँगै जान साथी हुने भयो भनी उनी रमाइन् । झापाकी २५ वर्षीय सविना नाम परिवर्तन वीरगन्जमा उनीहरुलाई कुरिरहेकी थिइन् ।

लक्ष्मीलाई जस्तै उनलाई पनि जागिरको आशा देखाइएको थियो । वीरगन्जमा लक्ष्मीलाई सविनासँग भेट गराइयो स। त्यहाँबाट चारैजना दिल्लीका लागि हिँडे । एक रात र एक दिनको बसयात्रापछि उनीहरु दिल्ली पुगे । त्यहाँ पुग्दा लक्ष्मी र सविना थकित भइसकेका थिए ।

थकित शरीरले आराम मागिरहेका बेला दुवैजना उक्त प्रस्ताव मान्न तयार भए । उनीहरुले त्यो रात दिल्लीको एक होटलमा बिताए । सँगै गएका ती दुई पुरुषले पनि लक्ष्मी र सविनासँगै कोठामा सुत्ने कुरा गरे । शुरुमा त विरोध जनाए । उनीहरुले जबर्जस्ती गरेपछि बिरानो ठाउँमा इन्कार गर्न सकेनन् । त्यो रात ती दुई पुरुषले लक्ष्मी र सविनालाई यौन सम्पर्क साथी बनाए ।

भोलिपल्ट बिहान ९ बजे उनीहरु सबै काम गर्ने ठाउँमा जाने भन्दै निस्किए । ती दुई युवाले उनीहरुलाई होटलको कोठीमा पुर्याए त्यसपछि लक्ष्मी र सविना छुट्टाछुटै कोठीमा छिरे । उनीहरु आफू बेचिइसकेको चाल पाए ।

भोलिपल्ट बिहान ९ बजे उनीहरू सबै काम गर्ने ठाउँमा जाने भन्दै निस्किए। एक घन्टा सार्वजनिक बसको यात्रापछि दिल्लीकै एउटा गल्लीमा उनीहरू ओर्लिए। साँघुरो गल्लीबाट अलि भित्र छिरेपछि भद्रगोल देखिने ठाउँ आयो। जताततै फोहोर देखिने उक्त ठाउँमा एउटा होटल पनि थियो। ती पुरुषले लक्ष्मी र सविनालाई काम गर्ने ठाउँ यही हो भन्दै चिनाए। लक्ष्मी र सविना छाँगाबाट खसेजस्तै भए। ‘इलेक्ट्रोनिक्स कम्पनी भनेर कस्तो ठाउँमा ल्याएको ?’ भन्दै उनीहरूले तत्काल प्रतिक्रिया जनाए। तर लक्ष्मी र सविनासँग त्यहीं बस्नुको विकल्प भएन। ‘तिमीहरूले काम गर्ने ठाउँ यही हो’ भन्दै ती पुरुषहरू फर्किए।

कोठी मालिकले काम गर्ने ठाउँ देखाउँछु भन्दै उनीहरूलाई भित्र लगे। त्यहाँ खाट र ओछ्यानसहितका ससाना कोठा थिए। केही कोठामा अन्य महिला पनि थिए। यति देखेपछि लक्ष्मी र सविना बेहोसझैं भए, केही बेर बाहिर उभिए। होटलका मालिकले ‘भित्र गएर बस’ भन्दै हप्काए। ती नेपाली नै थिए। त्यसपछि लक्ष्मी र सविना छुट्टाछुट्टै कोठीमा छिरे। उनीहरूले आफूहरू बेचिइसकेको चाल पाए।

त्यहाँ उनीहरुले ग्राहकको इच्छा पूरा गरिदिनैपर्ने भयो। त्यसबापत पैसा आउँछ भनेर कोठी मालिकले उनीहरूलाई भनेका थिए। के सोचेर आएको के भयो भन्दै उनीहरू रोए–कराए तर उनीहरूको वेदना सुनिदिने त्यहाँ कोही थिएन। करिब ६ महिनापछि असोजमा मानव बेचबिखन अनुसन्धान ब्युरोको सहायतामा उनीहरूको उद्धार भयो। अहिले लक्ष्मी र सविना दुवैलाई नेपाल फर्काइएको ब्युरोले जनाएको छ।नागरिक दैनिकमा यो खबर छ ।