चित्तल मारेको आरोपमा एक जना पक्राउ

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा रहेको बटुक दल सेनाको टोलीले प्रतिवन्धित वन्यजन्तु चित्तल मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।गणका प्रमुख अरुण श्रेष्ठले दिएको जानकारी अनुसार गए सांँझ खैरहनी नगरपालिका वडा नम्बर १३ बस्ने हेम बहादुर ढुंगानाको घर नजिक परालको टौवामा चित्तल काटेर लुकाइरहेको अवस्थामा ढुंगानालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा सेनाको टोलीले आइतवार सांँझ ७ः३० बजे पक्राउ गरेको हो । ८ वर्षको चित्तलसहित खुकुरी, चक्कु र दाउ समेत बरामद गरिएको श्रेष्ठले बताए ।