गूगल र फेसबुकको व्यापार शैली मानवधिकारका लागि खतरा

काठमाडौं, मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन् । एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा यी प्रविधी कम्पनीले गर्ने ‘ठूलो स्तरको निगरानी’ प्रति चिन्ता व्यक्त गरेको छ ।

मानव अधिकार संगठनहरुका दावी अनुसार यी प्लाटफर्म ठूलो स्तरमा ‘मानवाधिकारलाई नोक्सानी पु¥याउने अवस्था सिर्जना गरिरहेको छ ।’ फेसबुकले रिपोर्टप्रति असहमती व्यक्त गरेको छ । कम्पनीले आफ्नो प्लाटफर्मले मानव अधिकारलाई सशक्त बनाइरहेको टिप्पणी गरेको छ ।

रिपार्टमा गूगललाई संसारको ९० प्रतिशतभन्दा बढी खोजको लागि प्रयोग गरिने सर्च इन्जिन बताइएको छ । त्यस्तै संसारको एक तिहाई जनसंख्याले हरेक दिन फेसबुक प्रयोग गर्ने पनि रिपोर्टमा लेखिएको छ ।

एमनेस्टीका महासचिव कूम नायडूले रिपोर्टको व्याख्या गर्दै भने ,‘ अरबौं मानिस फेसबुक र गूगलले निर्धारण गरेको सर्तभन्दा बाहिर गएर यसलाई प्रयोग गर्न सक्दैनन् ।’ ५८ पृष्ठको रिपोर्टमा एम्नेस्टीले गूगल र फेसबुकको व्यापार मोडलको कारण ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ भइरहेको उल्लेख गरेको छ ।

मानव अधिकार संगठनले प्रविधि कम्पनीहरुले तिनको व्यापार मोडेलमा ‘मौलिक परिवर्तन’ ल्याउनु पर्ने आवश्यक रहेको बताएको छ । एमनेस्टीको भनाईमा फेसबुक र गूगलले तिनको सेवा प्रयोग गरेबापत शूल्क लिदैंनन् तर उपभोक्ताको व्यक्तिगत तथ्याकंहरु तिनले आफ्नो फाइदाको लागि उपयोग गर्ने गर्छन् ।

रिपोर्टले क्याम्ब्रिज एनालिटिका प्रकरणको उदारण दिएर फेसबुकले उपभोक्ताको व्यक्तिगत तथ्याकंलाई कसरी प्रयोग गरिरहेको बताएको छ । एमनेस्टीले सरकारसँग प्रयोगकर्ताको तथ्याकं सुरक्षित गर्नको लागि कानून बनाउन र प्रविधि कम्पनीले अपनाएको ‘निगरानीमा आधारित व्यापार मोडल’मासुधार गर्न भनेको छ ।