आफ्नो शिरमा आफै तरबार सोझ्यायो भारतले

संसारका धेरै देशहरू मध्य थोरै होलान् जो बेलायत उपनिवेशको चपेटामा नपरेको त्यस मध्य भारत आफ्नो इतिहासको झन्डै एक हजार बर्ष उपनिवेश बनेर बसेको देश हो । युनानी मुगल र बेलायत उपनिवेश खेपेको देश हो । हाम्रो देश एक अद्भुत अप्राजयको राष्ट्र हो । जसको लागि शिर निहुराएर सम्मान गरेर मात्रै पुग्दैन् । ती महान वीर पू्र्खालाई मुर्ध धन्य रचयताहरुलाई बिश्वमा जतिसुकै राष्ट्रहरु छन । उनीहरुको स्वाभिमान फरक हुदैन सानो राष्ट्रको स्वाभिमान सानो र ठुलो राष्ट्रको स्वाभिमान ठुलो हुदैन ।

स्वाभिमान स्वतन्त्रता संमानता हरेक राष्ट्रका बराबर आफ्ना हुन्छ ।दुर्जन र दुरबुद्धिको सुरुवात आर्थिक भौतिक सम्पन्नता र घमण्डले जन्माउने कुरा हो । पछिल्लो भारतीय राजनीतिमा प्रयोग हुने गरेको शब्द त्यहाँका प्रधानमन्त्रीले ॠषिमोण लाइनमा जाने भनेर बोल्ने गर्नुहुन्छ । व्यबहार भने ब्रिटिस मोण लाइनमा जान थालेको देखिन्छ । धार्मिक राष्ट्रवाद अझै भन्दा सस्कृतिक राष्ट्रवाद यस्ता छन । रावणको पुत्ला दहन गर्ने कायस्थ र कृष्ण एउटै हुन भनेर कायस्थको देबत्वकरण गर्ने जसरी गर्दैछन । त्यसले उनीहरुको राजनीति सिद्धान्त शान्ति होइन । युद्धको बाटोमा अगाडि बढ्न थालेको छ ।

अहिले आफ्नो सिमानाको कुरागर्ने भारत माताकी जय भन्ने इतिहास जुन आफ्नै सभ्यताको मुल इतिहासमा फर्कनु जरुरी छ । सातसय बर्ष मुगलको उपनिवेश र तिन सय बर्ष अँग्रेजको उपनिवेश स्वीकारर गरेको राष्ट्रले एउटा इतिहासमा अप्राजय राष्ट्रसँग दुश्मनी गर्नु भनेको बिशाल भारत फेरि धेरै राज्यमा बिभाजन हुने खतरा बुझ्न जरुरी छ ।

युनानी फारसी र बेलायती साँस्कृती धेरैमा यथावत रहेकोे इतिहास र धार्मिक राष्ट्रवाद उदाउनु भारत खतराको बाटोमा हिडनु हो । बिश्व भु राजनिती र दक्षिण एशियाली संबेदनसिलताको एक अध्यायले नेपाल भारतको लागि एउटा बर्दान राष्ट्र हो । जसको कारण अहिलेसम्म भारत भारत भएर रहन सकेको हो । भारतले नेपाल र नेपालको सोभरेन्टी माथी चरम हस्तक्षेप गर्ने हो । भने उसको बिसर्जन अनिवार्य देखिन्छ ।

अहिलेको आर्थिक प्रतिस्पर्धा र शक्ति राष्ट्र 

हरेक राष्ट्र शक्तिसाली बन्नको लागी राष्ट्रिय राजनीतिमा अग्रगमन र प्रराष्टमैत्री हुन जरुरी हुन्छ । जुनकुरा अपुग्ताको कारण इतिहासमा विशाल राष्ट्र साना तिना भएर विलय भयको इतिहास ताजै छन अर्को कुरा सिद्धान्त हिन राजनीतिबाट प्रेरित राष्ट्रबादले आन्तरिक संकटका सयौँ पर्खाल पार गर्नु अनिवार्य चुनौतीपूर्ण बनेर आउछन ।

जसमा बिदेशी शक्ति चलखेल गर्ने मैदान बनाउन सफल हुन्छन् । बिश्व साम्राज्यवादले पहिलो र दोस्रो बिश्वयुद्दपछि बिश्वब्यापी बिकसित भुमण्डलिकृत पुजीवादको माध्यमबाट उत्पीडित राष्ट्रमाथी एकलौटी शोषण गर्न जुन अबधारण अपनायो बिज्ञानले उसको राजनीति साम्राज्यलाई असफल बनाउनेतर्फ उद्द्त गएको साचो हो ।

यो अबस्थामा साम्राज्यबादी शक्ति राष्ट्रहरु आडम्बरी पराजयको क्रोधबाट ग्रसित भएर बिनासको गम्भीर कमजोरीको बाटो अबलम्बन गर्छन । जसको कारण शक्तिसाली राष्ट्रको प्रतिस्पर्धात्मक आर्थिक तथा सैनिक शक्तिको प्रयोगमा पुग्न बाध्य हुन्छन । जहाँ बौद्धिक राजनीति सिद्धान्तबाट बिश्वब्यापी सामाजिक समस्याको हलभन्दा अन्धो राष्ट्रबादको निरंतरता सुरु हुन्छ ।

जसले बिश्व युद्धको सुरुवात गराउछ अन्ततोगत्वा निरहताको आडम्बरी पराजित भएका राष्ट्र विलय र बिसर्जनको बाटोमा जान बाध्यता जन्मिन्छ र शक्ति राष्ट्रहरु टुक्राटुक्रा बन्ने खतरापूर्ण अबस्थामा पुग्नसक्ने परिस्थिति आउने सम्भावना साम्राज्यबादी राष्ट्रहरुले बदलिँदो मानव समाजको बिकास परिस्थितिको अबैज्ञानिक मुल्यांकन र प्रतिस्पर्धाबाट उत्पन्न संकटका कारण स्वयम निर्माण गर्दछन।

अहिलेको बिश्वमा उत्पन्न परिस्थिति के हो

इतिहास अध्यनको क्रममा हिजोको साम्राज्यवाद र बिश्वब्यापी आर्थिक उत्पादन मानव र मेसिनको सम्बन्धसँगै औद्योगिक पुजीवाद,एकाधिकार पुजिबाद, प्रतिस्पर्धात्मक ब्यापारीक पुजीवादलाई उछिनेर भुमण्डलिकृत इलेक्ट्रोनिक पुजिबादमा युगको परिस्थिति निर्माण हुँदै बिश्वब्यापी बिकास हुँदै गएको छ । साना राष्ट्रले बिशाल शक्तिशाली राष्ट्रसँग बिज्ञान र प्रबिधिमा प्रतिस्पर्धा गरेर पुजि तथा आर्थिक उत्पादनमा प्रतिस्पर्धा गर्न खोजिरहेका छ्न ।

भने शक्तिशाली राष्ट्रले बिकास उन्मुख राष्ट्रको राष्ट्रिय पुजिलाइ बहुराष्ट्रिय पुजिको माध्यमबाट साना राष्ट्रलाई नियन्त्रणमा राख्न र श्रोत साधनको एकलौटी प्रयोगलाई निरंतरता दिन खोजिरहेका छन । जसले उत्पीडित राष्ट्रको राष्ट्रिय पुजि र उतपिडक राष्ट्रका बहुराष्ट्रिय पुँजिबीचमा चरम अन्तरबिरोध उत्पादन भएर शक्तिसाली राष्ट्रको लगानी र उदेश्यसँग मत बाजिएर नयाँ अन्तरबिरोध उत्सर्गमा पुग्ने र बिश्व युद्धको आमन्ने सामुन्ने पुग्ने अबस्य छ। हिजोका फासिबाद र नाजिबाद युग भन्दा यो युगमा उदाएको फासिबाद अत्यन्तै पासबिक कुर तवरले जन्मिने खतरा हो ।

किनकी अमेरिकी राष्ट्रवाद र उत्तर कोरियाली राष्ट्रबादको उदय रुसी राष्ट्रवाद र भारतीय राष्ट्रबाद्को उदय अकल्पनीय तवरले उदाउँदो देखिन्छ । पुँजिले गरेको वैद्युतिय बिकास र शासकहरुमा निर्माण हुने संस्कृक राष्ट्रबादले पब्लिकमा उत्पादन गरेको कुन्ठा क्रोध र घमण्डले संवत् युद्धको उदय हुने खतरा देखिन्छन् ।

बिश्वका शक्ति राष्ट्रको दाजोमा जसरी पनि पुग्न भारत कसरत गरेको सत्य छ ।राष्ट्रिय संकट संसकृतिक राष्ट्रबादको उदयको कारण भारतले आफ्ना बिरोधि राष्ट्रहरुलाई मसला थप्ने काममा सघाउ पुगेको छ कास्मिरले र लद्दाक मुद्दामा अन्तर्राष्ट्रिय रूपमा उदाङ्गो बन्दै गएको छदैछ । अर्कोतिर आफ्नो छिमेकी राष्ट्रहरु छिमेकी मैत्रीपूर्ण सम्बन्ध टुटायर बेलाबखत सदयार शत्रुको व्यबहार गर्नुले छिमेकी राष्ट्रहरु अत्यन्तै चिढिएको अबस्थामा पुगेका छ।

भारत र नेपाल बिचको भिन्नता के छ ?

भारती साम्राज्यवादले एउटा ऐतिहासिक तथ्य के बुझ्न जरुरी छ भने मानव सभ्यताको दुई हजार बर्ष आफ्नो राष्ट्रिय अस्तित्व गुमाएको राष्ट्र हो । जतिबेला युनानीहरुको गुलामी हुँदै कुनैबेला मुगलको उपनिवेश सुइकार गरेको थियो त कहिले अग्रेजको गुलाम बनेर इतिहासमा आफ्नो स्वत्व गुमाएका भारती सासकहरु यतिबेला सिमानाको कुरा गर्नु स्वभावैले अर्थहिन छ ।

बिदेशीले लगानी गरेर विकसित बनाइदिएको भारत सानै भएपनी मुगल साम्राज्य र अग्रेजसँग लडेर आफ्नो स्वाभिमान बचाएको गौरवपुर्न इतिहास नेपालको छ । हाम्रो सिमाना भारतलाई कजाउन शासन गरेर बसेको ब्रिटिसुंग लडेर नेपालको सिमाना इस्ट ईन्डिया कम्पनीसँग कायम गरेको सिमाना हो । नेपाल एउटा अपराजय राष्ट्र हो । जसको इतिहास नेपाल सुरुदेखि अन्त्यसम्म रहिआएको तथ्य छ । नेपालका मौलिक मान्यता भासा धर्म बेद पुरान जतिपनी वैभव छन ।

ति सब भारतले संकटमा परेको होईन । त्यो कुरा हामी सुसज्जित हुन जरुरी छ । भारतले बुझ्ने कोसिस गरोस । नेपाली जनताको राष्ट्रभक्तिभाब बिखण्डन गर्नको लागि हामिले तत्काल ऐतिहासिक रूपमा नेपाल बहसको सृजना गर्न जरुरी छ। जबसम्म राजनीति सिद्धान्त स्त्यको मार्गमा रहदैन तबसम्म राष्ट्रबादको जुलुसले देश बच्ने कुरा रहदैन । राजनीति पार्टीको नाम जेसुकै राखेपनी कमारो राजनीति सिद्धान्तले राष्ट्रिय स्वाधीनता सार्बभौमसत्ता भौगोलिक अखण्डता जोगाउने होईन मजदुर उत्पादन गर्ने राष्ट्रको निर्माण गर्ने देशको नामले चिनिन्छ।

नेपाल भारत सम्बन्ध र खतराको संभावना 

नेपाल भारत धार्मिक सामाजिक सस्कृतिक र आर्थिक सम्बन्ध अहिलेमात्र होइन प्रापुर्बकाल देखि रहेको हो । ज्वारालालनेहरु देखि नेपालमाथी गरिएको घिनलाग्दो षड्यन्त्र र इन्दिरा गान्धिले नेपाली जनताको देशभक्ति पुर्न भाबनाको निषेध गर्न खोज्नु र त्यसपछि भारत नेपाल मैत्रीपुर्ण छिमेक नितिमा संकापुर्ण सम्बन्ध रहेको हो ।

पछिल्लोपटक नेपालको संविधान घोषणसँगै नाकाबन्दीको परिणामले अरु तिक्तता बढेको हो । नेपाली राजनीतिमा बिकास भएको अन्धो राष्ट्रवाद र भारतिय राजनीतिमा मौलाएको सस्कृतिक राष्ट्रवाद दुबैले राष्ट्रिय स्वाधीनता भौगोलिक अखण्डतालाई सफल बिन्दुमा पुगाउदैनन भारत नेपालको एक असली छिमेकी राष्ट्र हो । भन्ने ऐतिहासिक तथ्यहरु समाप्त पार्दै उसले नेपाल राष्ट्र र नेपाली जनताको सार्बभौमसत्ता राष्ट्रिय स्वाधीनता माथी प्रत्येक्ष हस्तक्षेपकारी नीति अपनाउने गर्नुले छिमेकीको भुमिकाबाट सँधियार राष्ट्रको भुमिकामा रहन थालेको छ ।

छिमेकीको अर्थ मर्दाको मलामी बर्दाको जन्ती सुखमा हास्ने दुखमा रुने दुबै हुन्छ । सधियारको अर्थ छिमेकीको भुमिकामा देखिने तर बारम्बार किचलो र बखेडा झिक्ने हुन्छ । राजनीति हिसाबले भारतले नेपालमाथी संकट निम्त्याउनु भनेको आफ्नो टाउकोमा सदाको लागि निको नहुने घाउ निर्माण गर्नु हो ।

अबको भु राजनीति र भारतिय संसकृतिक राष्ट्रबादको कारण भारतको आन्तरिक राष्ट्रियता कम्जोर हुदै जान्छ र उसको शिर पाउ बेलाबेला घोच्नु परराष्ट्र अमैत्री सम्बन्ध नै प्रमुख समस्याले भारतका असन्तुष्ट गणराज्य बिभाजनमा पुग्ने खतरामा जान्छन् । भारतको आन्तरिक निरहता र बाहिरी छिमेकीको असन्तुष्टको कारण उसलाई गम्भीर संकट अनिवार्य उत्पादन हुनसक्छ ।

यति कुरा अबगत हुदाहुदै उसले घमण्ड नछोडनु भनेको पुजीवादले अहिलेसम्म गरेको भुमण्डलिकृत बिदुतिय बिकासको विकल्पमा समाधान नदेख्नु हो । कतिपयले अडकल बाजि गरेका छन । अबको बिश्व अन्तरबिरोध पुजिबादको हो । त्यसको परिणाम दक्षिण एशियाली मुलुकहरूबाट उत्पादन हुनेछ ।

तर बिडम्बना भन्नुपर्छ पुजिबादको हल बैज्ञानिक सामाजिक परिवर्तनको माध्यमबाट हो यहाँ संस्कृतिक अतिक्रमण र भौगोलिक अतिक्रमणबाट सुरुवात हुनु भनेको क्रोध र कुण्ठाको परिणाम आक्रमण र प्रतिरोधमा उत्पीडित राष्ट्र र उत्पिडक राष्ट्रमा देखा परेको खण्डमा छिमेकी साम्राज्यवाद आर्थिक तथा  भौगोलिक रूपमा विघटनको संभावना अनिवार्य जन्मिन्छ।

अबको नेपालले सिक्नुपर्ने अनिवार्य पाठहरु

पहिलो कुरा नेपाली राजनीतिमा छिमेकी सधै छिमेकी रहदैन छिमेकी नबदलिएपनि उसले सोच्ने तरिका बदलिन्छ । भन्नेकुरा अनिवार्य जरुरी हुन्छ हाम्रो राष्ट्रियता र राष्ट्रभक्ती भाब जनतामा सुसज्जित नबनाइ सिमाना र राष्ट्रको सुरक्षा गर्न गाह्रो हुन्छ । हामीले इजरायल बाट महत्त्वपूर्ण पाठ सिक्न जरुरी छ ।

हरेक पन्ध्र बर्ष माथिको हरेक नागरिकले अनिवार्य सैनिक तालीम ज्ञान दिनु जरुरी छ । नेपालको टोटल जनसंख्या सेना हो । भन्ने बुझाउनु पर्छ र हरेक स्कुलमा बालकलाई कक्षा चारबाटै राष्ट्रभक्ती शिक्षा सिकाउन जरुरी छ। हाम्रो शिक्षा स्वास्थ बिकास बाँस गाँस र कपासमा नेपालीपन उठाउन जरुरी छ जस्ले राष्ट्रियतामा एउटा नयाँ एकता अनिवार्य थप्नसक्छ।