जब दुलहीले गोलभेडाको गहना लगाइन्…….

गोलभेडाको मूल्य पनि सुन जस्तै आकासिएको भन्दै केही दिनयता पाकिस्तानकी एक दुलही सोशल मीडियामा चर्चामा आएकि छन् । यी युवती यस कारणले चर्चामा आएकि छन् कि उनले लगाएको गहना गोलभेडाको हो । यी दुलहीले विवाहमा गोलभेडाको गहना लगाएकि छन् । किन गोलभेडाको गहना लगाएको भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, “आजकल सुनको मूल्यमा धेरैन वृद्धि भएको छ । गोलभेडाको मूल्य पनि सुन जस्तै आकासिएको छ । त्यसैले आपूmले सुनको सट्टा गोलभेडाको गहना लगाएकि हु ।”

पाकिस्तानी टिभीमा आएको समाचार अनुसार दुलहीले गोलभेडाको गहना लगाएकि छन् । गोलभेडावाली यी दुलहीको क्लिप पाकिस्तानमा व्यापक चर्चामा आएको छ । उनले हार, चुरा, टिका सबैको गहना गोलभेडाको लगाएकि छन् ।

भिडियोमा एक न्यूज च्यानलका प्रस्तोताले दुलहीलार्ई विवाहको बधाइ दिँदै फेरी उनीसँग गोलभेडाको गहना किन लगाएको भनि प्रश्न गरेका छन् । यसको जवाफमा उनले भनिन्,“हाल देशमा गोलभेडाको मूल्य पनि सुनको बराबरीनै चलिरहेको छ । त्यसैले मैले सुनको सट्टा गोलभेडाको गहना लगाउने पैmसला गरेकि हु ।”

दुलहीले टिभीमा भनेकि छन् कि आफ्नो सबै नातेदारले पनि उपहारमा गोलभेडा पठाएका छन् । आफ्नो देशको अर्थव्यवस्थाको बारेमा बताउदै उनले भनिन् कि मेरो आमा बुवाको घरबाट पनि उपहारमा गोलभेडाले भरिएको ३ सुटकेस पठाउनु भएको छ । “यो मुश्किलको समयमा आफ्नी छोरीलाई गोलभेडा दिएका छन्, उनीहरुले सबै चिज दिएका छन्,” उनले भनिन् ।

आर्थिक मन्दीबाट चलिरहेको पाकिस्तानमा गोलभेडाको मूल्य प्रतिकेजी ५१२ रुपैयाँ पुगेको छ । नियन्त्रण बाहिरको महँगाइका कारण गोलभेडा लुट्ने सामग्रीको रुपमा परिचिति भएको छ । गोलभेडा खेतीको सुरक्षा मानिसले हतियार लिएर गरिरहेका छन् । गोलभेडा जस्तै अन्य तरकारीको मूल्य पनि पाकिस्तानमा आकासिएको छ । एजेन्सी