रहन देउ मलाई एक्लै !

रहन देउ आज मलाई यहीं एक्लै एक्लै
म पिई दिन्छु जहर प्याला आज एक्लै एक्लै
एक्लै नै म लडी दिन्छु यो युद्द जिन्दगीको
हिडी दिन्छु एक्लै आज यात्रा मरभुमिको ।

जुवा जस्तै जिन्दगी यो हारजितको पत्तो छैन
ढल्दै जाने जवानी यो फर्की आउने आस छैन
डांडा पारी घाम बनी डुबीदिन्छु एक्लै एक्लै
धुवाँ जस्तै उडी दिन्छु शुन्यतामा एक्लै एक्लै ।

भो अब रहनदेउ, मैले आकान्त रोजिसके
काँडा बीच गूलाफ़ बनी, मैले फूल्न सिकिसके
नरोक अब मलाई, यो यात्रा मेरो एक्लै एक्लै
म पीई दिन्छु जहर प्याला आज एक्लै एक्लै ।

 (कविता संग्रह हृदयका पानाहरुबाट)