“पुनरावेदन छ श्रीमान”

कविता

वकिलसाप ल वफएर वकालत गर्नुछ 
किनकि आजफेरी
मेरो र उसको बिनाकारण दुश्मनि भएको छ ।
त्योसँग थोरै
मेरो बाजेको बिर्ताको बारेम हिसाब छ ।
कारण एहि हो
तर बिषय गम्भीर छ मोहदय
म भन्दै जान्छु सरसरती
टिप्दै जानुहोस साप 
ब्यहोरापछि मिलाउला
म दोसि की उ दोसि छ
केलाउनु वकिल साप मुदा पछि
पुनराबेदन गरुला ।

पहिलो बादी मुदामा त मैले हारेर आए
आखिर मेरो के दोष छ हार्नुम
बिन्तिपत्र हजुरको बेञ्चम चढाउछु वकिलसाप
उसको र मेरो
मेरो र उसको झगडाको यहाँनेर छ
मेरो देशको मन्त्रालयमा
मैले यहि भनेको छु ।
फाटेको कट्टु र झण्डासँगै नझुन्डाउ भने
उस्ले वास्तै गरेन ।
अनि मैले सोधे यो झन्डा तिम्रो हो कि पुर्खाको ?
वास्तै गरेन बोल्दै बोलेन .

बिना बादल बज्रपात बर्सिदा
निर्धक्क निडर
छातीमा बन्दुकको तातो गोलि खाएका
हजारौं मानव प्रमुर्ती
निरह लोभीपापिहरुसँग नडराइ बोल्दा
फासीमा झुन्डियाइएका
अग्रज मेरा ती सहिदहरु
बिनाकारण हराएको देखे
कसैले चोरेको देखे यो सब
मैले बिरोध गरे ।
उ नबोली बसिरहेको छ आजभोलि
कस्को दोष सुन्दै जानुहोस
अरुपनी छ्न थुप्रै बिषयहरु
उ त्यो
उ त्यो सिमानामा साधी छुट्याउन
उभिएको पिलर हिजै राती हारायो ।
खैत त्यो पिलर खोज्न हिड भन्दा
उ मसग बाजियो
रातो रगतले आर्जेको देशको माटो
आराम दाइ कुर्सीको लागि बेचिन्छ
म सोधिरहेको छु .।

म कहिलेकाही एकहुल सपना लिएर पुग्छु
नालापानीका कंगाल देशको हो या देश बेच्नेको
देउथलका भक्ती थापाको हिड्ने राता पाइलाहरु
तिमीहरूहो या स्वाभिमानी नेपालको
सहिद गेटम टुक्क ढुकेर बसेको त्यो आत्मीय
प्रात्मिय मित्र मैले एहि सोधे वकिलसाब
ती हाम्री आमाको सेता केशहरुमा
जूम्रा मार्ने बहानामा
केसै चुडेर बेच्दा म रुनथालेको थिए
नङ काटिदिने बहानाबाजिम औंला समेत छिनालिए
आमाको अँखाबाट बहकिरहेका आँसुहरु
अर्थहिन सोचाइमा लापरबाही भयो
अनिम तपाईंकहाँ पुगे
नसा नसाबाट बग्ने धमनी सिराहरु
बन्दगर्दै गयपछी म
म बादिवाल पहिला हारेको छु ।
भन्नुहोस् श्रीमान
मेरो मुद्दा दर्ज हुन्छ हुदैन ?