परिवारबाटै हिंसाको शिकार भयौं : यौनिक तथा अल्पसंख्यक समुदाय

काठमाडौं ,यौनिक तथा अल्पसंख्यकयौनिक तथा अल्पसंख्यक समुदायले संविधानले दिएको अधिकार कार्यान्वयन नभएको भन्दै गुनासो गरेका छन् ।

बिहीबार मितिनी नेपालले राजधानीमा सांसदहरुसंग अन्र्तक्रिया गर्दै यौनिक तथा अल्पसंख्यक समुदायको मुद्दालाई सरोकारवाला पक्षमा सम्बोधन गरिदिन आग्रह गरेको छ ।

उनीहरुले लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई अहिले पनि नागरिकता, पासपोर्ट,अंश,वंश लगाएत हरेक क्षेत्रमा समस्या भोग्नु परेको बताए । आफुहरु लैंगिक अल्पसंख्यक भएकै कारण आफ्नै परिवारबाट समेत हिंसाको शिकार हुनुपरेको उनीहरुले गुनासो गरे ।

सांसदहरुले यौनिक अल्पसंख्यक समुदायको अधिकारलाई सुनिश्चित गर्न कुनै कसर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।