टी–२० लिग खेल्न यूएई जाँदै खडका

काठमाडौं, यूएईमा भइरहेको टी–१० क्रिकेट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पारसको यो पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।

यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले मात्र बिदेशी लिग खेल्ने मौका पाएका थिए । पारस टी–१० मा टिम आबुधावीबाट खेल्दै छन् । उनले १० हजार डलर पारिश्रमिक पाउने छन् ।

यो संस्करणको टी–१० क्रिकेट प्रतियोगिता कात्तिक २९ देखि मंसिर ८ गतेसम्म हुँदैछ । यो पटक नेपाली लेगस्पिनर सन्दीप लामिछानेले भने कर्नाटका टस्कर्सबाट टी–१० खेल्दै छन् ।

यो सिजनको टी–१० लिगमा ८ टिमको सहभागिता छ । उनीहरुलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको पारसआवद्ध टिम आबुधावीले कात्तिक २९ गते पहिलो खेल क्वालान्दर्स विरुद्ध खेल्दै छ ।