मधुमेह दिवसको अबसरमा पचालझरनामा निशुल्क मधुमेह परिक्षण शिबिर

कालिकाेट, पचालझरना गाउँपालिका अन्तरगत स्वास्थ्य चौकी राम्नाकोटले मधुमेह दिवसको अबसरमा निशूल्क मधुमेह परिक्षण शिबिरको आयोजना गर्ने भएको छ । नसर्ने रोगहरुलाई मध्यनजर गरि कात्तिक २८ र २९ गते स्वास्थ्यचौकि राम्नाकोटले निशुल्क मधुमेह परिक्षण शिबिर आयोजना गर्ने भएको हो ।

बिहान १० बजेदेखि सुरु हुने परिक्षणमा ४० बर्ष भन्दा माथी उमेर समुहकालाई लक्षित गरी आयोजना गरिएको निमित्त स्वास्थ्य चौकि प्रमुख कर्ण प्रसाद आचार्यले जानकारी दिए । आर्चायका अनुसार उक्त शिबिरले ग्रामिण इलाकामा नसर्ने र नदेखिने रोगको बिषयमा जनचेतनाको समेत काम गर्ने बताइएको छ ।